बिहीबार , वैशाख २७ गते २०८१    
images
images

एमालेले आफ्ना सदस्यलाई खाता नम्बर दिँदै भन्यो- १०० रूपैयाँ हालिदिनुस्

images
बिजनेस न्युज
images
images
एमालेले आफ्ना सदस्यलाई खाता नम्बर दिँदै भन्यो- १०० रूपैयाँ हालिदिनुस्

एमालेमा ७ लाख ३० हजार पार्टी सदस्य छन्। उनीहरूबाट कम्तीमा १ सय रुपैयाँ उठाउँदा ७ करोड ३० लाख रुपैयाँ उठ्छ।

images
images

काठमाडौं- १०औँ महाधिवेशनको खर्चका लागि भन्दै नेकपा एमालेले पार्टीका सदस्यहरूलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ। 

images
images
images

बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यहरूलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको हो।

images

त्यसका लागि नेकपा एमालेले राष्ट्रिय बाणिज्य बैंक, टेकू शाखामा १७००१००००११५९००१ नम्बरको चल्ती खाताको व्यवस्था गरेको जनाएको छ। सोही खातामा सबै पार्टी सदस्यहरूले महाधिवेशनको खर्चका लागि मोबाईलमार्फत् वा सो बैंकको खातामा कम्तीमा १०० रुपैयाँ जम्मा गर्न अपिल गरिएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए। 

images

एमालेले यसअघि नै पार्टीको महाधिवेशन खर्चका लागि चन्दा नउठाउने निर्णय गरेको थियो। प्रचार विभाग प्रमुख भट्टराईका अनुसार एमालेमा ७ लाख ३० हजार पार्टी सदस्य छन्। उनीहरूबाट कम्तीमा १ सय रुपैयाँ उठाउँदा ७ करोड ३० लाख रुपैयाँ उठ्छ।

images
images

यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा विद्युतीय उपकरणबाट मतदान गरिने छ। मतदानका लागि एक सय वटा विद्युतीय उपकरण राखिने जनाइएको छ।

images

प्रकाशित : ११:२९
प्रतिक्रिया दिनुहोस