सोमबार, वैशाख १७ गते २०८१    
images
images

इन्टरनेटबाट सिकेर व्यावसायिक बंगुरपालनमा जमेका यमबहादुर

images
images
images
इन्टरनेटबाट सिकेर व्यावसायिक बंगुरपालनमा जमेका यमबहादुर

यमबहादुर सारुका अनुसार यस व्यवसायबाट वार्षिक पाँच लाख रूपैयाँ बराबरको कमाइ हुने गरेको छ।

images
images

पाल्पा- पाल्पा रामपुर नगरपालिका-१० स्थित होस्दीका यमबहादुर सारुको दैनिक यतिबेला बंगुररका पाठापाठी हुर्काउने र बिक्री गर्नेमा व्यतित भइरहेको छ। उनले बंगुरपालनमा भविष्य बोकेर इन्टरनेटको सहायताबाट व्यवसाय चलाएका छन्।

images
images
images

पाँच वर्षसम्म वैदेशिक रोजगारीबाट गाउँ फर्केपछि उनले बंगुरपालन व्यवसाय रोजेका हुन्। विभिन्न पेसा, व्यवसायको खोजीमा रहेका सारु फुर्सदको समय इन्टरनेटमा अध्ययन गरेर अन्ततः बंगुरपालन व्यवसायलाई आफ्नो आयआर्जनको माध्यमका रुपमा रोजेको उनले बताए। 'व्यवसाय गर्न औपचारिक शिक्षा नै लिनुपर्छ भन्ने छैन, इन्टरनेटको सुविधा छ, त्यही आफूले खोजेका सबै कुराको जानकारी लिन पाइन्छ, इन्टरनेट हेरेर थालनी गरेको व्यवसाय अहिले राम्रै भइरहेको छ, यसमा म सन्तुष्ट छु', उनले भने।

images

कक्षा ७ सम्मको अध्ययन गरेका ३६ वर्षीय सारुले कुनै पनि तालिम नलिइकन इन्टरनेटबाट हेरेर सो व्यवसाय थालनी गरेका हुन्। अहिले बजारमा बंगुररको माग बढ्दो र पाठापाठीबाट धेरै फाइदा गर्न सकिने भएकाले यही व्यवसाय छनौट गरेको उनी बताउँछन्। तीनवटा बंगुररबाट व्यवसाय सुरु गरेका सारुले विदेशको कमाइभन्दा स्वदेशकै कमाइमा रमाउँदाको मज्जा नै बेग्लै रहेको उनले बताए।

images

सारु आफ्नै परिवारका साथमा बसेर व्यवसाय गर्न पाउँदै आनन्दको अनुभूति भएको बताउँछन्। यस व्यवसायमा उनीकी श्रीमती यममाया  सारुले साथ दिँदै आएका छन्। श्रीमानश्रीमती नै उत्साहका साथ बंगुरपालनमा लागेका छन्। अहिले उनको फार्ममा चार माउसहित हुर्कंदै गरेका १४ वटा बंगुरर छन्।

images
images

सारुको दिनचर्या यतिबेला बंगुररको रेखदेखमा बित्ने गरेको छ। घरमा उत्पादन भएका बंगुररका पाठापाठी छिमेकी जिल्ला स्याङ्जाका विभिन्न स्थानमा बिक्री हुने गरेको छ। एकवटा पाठापाठी पाँच हजार पाँच सय रूपैयाँमा धमाधम बिक्री भइरहेको सारु बताउँछन्। उनले एक वर्षमा एक सय ५० भन्दा बढी पाठापाठी बेच्छन्। यस व्यवसायबाट वार्षिक पाँच लाख रूपैयाँ बराबरको कमाइ हुने गरेको सारुले बताए। 'बंगुरर हुर्काएर ठूलो बनाएर मासुका लागि बेच्नुभन्दा साना पाठापाठी (५० देखि ६० दिनका) बेच्दा धेरै फाइदा हुन्छ', उनले भने, 'पाठापाठी जन्मेपछि खरिद गर्ने ग्राहक प्रशस्त भेटिने भएकाले बिक्री गर्न धेरै सहज, बजार मूल्य राम्रो हुँदा यसबाट राम्रै आयआर्जन गर्न सकिन्छ।'

रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत ब्याज अनुदान कार्यक्रममा छनौट भएपछि बंगुररलाई व्यावसायिक रुपमा पालेका हुन्। नगरपालिकाको सहयोगमा दुई वर्षसम्म छ लाख रूपैयाँ रकमको ब्याज अनुदानले व्यवसायमा ठूलो सघाउ पुगेको उनको भनाइ छ। ब्याज अनुदान कार्यक्रम कृषि तथा पशुपालनको क्षेत्रमा केही व्यवसाय गर्छु भन्नेका लागि अति राम्रो रहेको उनी बताउँछन्। 'व्यवसाय गर्न लगानी गर्ने माध्यम नहुँदा समस्यामा परेको बखत रामपुर नगर सरकारले छ लाख रूपैयाँ रकमको दुई वर्षसम्मको ब्याज अनुदान उपलब्ध गराएपछि बंगुरपालन थालनी गरेको हो, हामी युवालाई यस कार्यक्रमले हौसला थपिदिएको छ', उनले भने।

यस व्यवसायबाट श्रीमती, तीनजना छोराछोरीको लालनपालन राम्रोसँग चलेको छ। माउ १२ वटा पुर्‍याउने लक्ष्य छ। हिजोआज सबैका घरघरमा इन्टरनेटको पहुँच छ। हातहातमा स्मार्ट मोबाइल फोन सबैजसोले अनिवार्यजसो प्रयोग गरिरहेका छन्। बढ्दो सूचना प्रविधिलाई अवलम्बन गर्दै नयाँ-नयाँ कुराको खोजअनुसन्धान गरेर समाजमा यमबहादुर सारुले जस्तै विभिन्न व्यवसाय, उद्यम गर्न सकिन्छ।

इन्टरनेटलाई मनोरञ्जन, समय बिताउने माध्यममात्र नभई यसबाट अध्ययन अनुसन्धान गरी समाजमा विभिन्न व्यवसाय, पेसा, उद्यमबाट आयआर्जनको माध्यम बनाउने कार्यमा युवाको आकर्षण बढ्दैछ। कुनै पनि पेसा, व्यवसाय गर्न तालिम, गोष्ठी नै पर्खेर नै लिनुपर्छ छैन, इन्टरनेटबाट आवश्यक कुरा खोज अनुसन्धान गरेर व्यवसाय चलाउन सकिँदो रहेछ भन्ने उदाहरण सारुले समाजमा प्रस्तुत गरेका छन्। रासस

images

प्रकाशित : बुधबार, साउन ३ २०८००८:४१

प्रतिक्रिया दिनुहोस