शनिबार, असोज ५ गते २०८१    
images
images

दार्चुलाका नौ स्थानीय तहको ४२ करोडभन्दा बढी विकासे बजेट ‘फ्रिज’

images
बुधबार, साउन ३ २०८०
images
images
दार्चुलाका नौ स्थानीय तहको ४२ करोडभन्दा बढी विकासे बजेट ‘फ्रिज’

दार्चुलाका नौवटै स्थानीय तहमा संघ र प्रदेशबाट प्राप्त विकासे बजेटमध्ये ४२ करोड १४ लाख ३१ हजार चार सय ६४ रूपैयाँ ‘फ्रिज’ भएको हो। 

images
images

खलंगा- दार्चुलाका नौ स्थानीय तहको ४२ करोडभन्दा बढी विकासे बजेट ‘फ्रिज’ भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहमा संघ र प्रदेशबाट प्राप्त विकासे बजेटमध्ये ४२ करोड १४ लाख ३१ हजार चार सय ६४ रूपैयाँ ‘फ्रिज’ भएको हो। 

images
images
images

संघीय सरकारबाट ससर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकबाट प्राप्त रकम र प्रदेश सरकारबाट समपूरक अनुदान र विशेष अनुदान शीर्षकबाट प्राप्त विकासे बजेटको तीन अर्ब ५७ करोड ९४ लाख ३० हजार छ सय ३४ रूपैयाँमध्ये ४२ करोड १४ लाख ३१ हजार चार सय ६४ रूपैयाँ फिर्ता गएको कोष तथा लेखा नियन्त्रक जगन्नाथ भट्टले जानकारी दिए।

जिल्लाको शैल्यशिखर नगरपालिकामा संघीय सरकारबाट प्राप्त ४९ करोड ८३ लाख एक हजार तथा प्रदेश सरकारबाट प्राप्त  दुई करोड १० लाख ७२ हजारमध्ये आठ करोड १८ लाख १७ हजार आठ सय ५३ रूपैयाँ विकासे बजेट पनि फिर्ता गएको छ।

यस्तै महाकाली नगरपालिकामा संघीय र प्रदेश सरकारबाट प्राप्त कुल विकासे बजेट ५१ करोड ८२ लाख ३२ हजार पाँच सय ७४ मध्ये पाँच करोड ८८ लाख ८३ हजार एक सय ४५ रूपैयाँ फिर्ता गएको छ। ब्याँस गाउँपालिकाका लागि प्राप्त ३५ करोड ९५ लाख १८ हजारमध्ये करोड २६ लाख ८३ हजार पाँच सय ८१ रूपैयाँ फिर्ता गएको छ भने नौगाड गाउँपालिकालाई प्राप्त ३७ करोड ४१ लख ४३ हजार सात सय ६० मध्ये दुई करोड ७८ लाख दुई हजार आठ सय ९५ रूपैयाँ खर्च हुन नसकी फिर्ता गएको छ। यसैगरी मार्मा गाउँपालिकालाई प्राप्त ३८ करोड ९७ लाख ३२ हजार नौ सयमध्ये तीन करोड ३७ लाख ४२ हजार सात सय ७३ रूपैयाँ फिर्ता गएको कोष तथा लेखा नियन्त्रक भट्टले बताए।

images

जिल्लाको दुहुँ गाउँपालिकाका लागि प्राप्त ३० करोड ९७ लाख ७० हजार पाँच सयमध्ये चार करोड ६८ लाख ९५ हजार तीनसय ६५ फिर्ता गएकोे छ भने अपी हिमाल गाउँपालिकाका लागि प्राप्त २६ करोड ३५ लाख ७३ हजार दुई सयमध्ये तीन करोड दुई लाख छ हजार चार सय ३० रूपैयाँ फिर्ता गएको छ। लेकम गाउँपालिकाका लागि प्राप्त ३५ करोड ९४ लाख ४९ मध्ये चार करोड ५८ लाख ९३ हजार पाँच सय २७ रूपैयाँ फिर्ता गएको छ।

विकासे बजेट रकम फिर्ता जानुमा समयमै निकासा नआउनु, योजनाहरु कार्यान्वयन नहुनुलगायत कारणहरु रहेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्टले बताए। रासस


प्रकाशित : बुधबार, साउन ३ २०८००८:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend