आइतबार, जेठ ६ गते २०८१    
images
images

बसपार्क सञ्चालन भएको १६ वर्षपछि कालीपुलमा बन्यो टर्मिनल भवन, यात्रुलाई सहज

images
बुधबार, साउन ३ २०८०
images
images
बसपार्क सञ्चालन भएको १६ वर्षपछि कालीपुलमा बन्यो टर्मिनल भवन, यात्रुलाई सहज

टर्मिनल भवन बनाउन विसं २०७८ पुसमा दुई करोड ८५ लाख ४५ हजार रूपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।

images
images

बेनी- म्याग्दी सदरमुकाम बेनी बजारस्थित कालीपुल बसपार्कमा निर्माण भएको टर्मिनल भवन सञ्चालनमा आएको छ।

images
images
images

बसपार्क सञ्चालन भएको १६ वर्षपछि निर्माण भएको टर्मिनल भवन आज बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गरेका हुन्। बागलुङस्थित सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको सो भवन नगरपालिकालाई हस्तान्तरण गरेपछि उद्घाटन गरिएको हो।

images

टर्मिनल भवन बनाउन विसं २०७८ पुसमा दुई करोड ८५ लाख ४५ हजार रूपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। नवनिर्मित भवनमा म्याग्दीबाट विभिन्न ठाउँमा छुट्ने यातायातका टिकट काउण्टर सञ्चालन गरिएको छ। बसपार्कमा निर्माण गरिएको एकतले भवनमा टिकट काउन्टर, शौचालय र यात्रु प्रतिक्षालय छन्।

images
images

विसं २०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो। बसपार्कको भवन परिसरमा आरसीसी ढलान गरिएको छ। अपांगतामैत्री भवनमा सुरक्षा निगरानीका लागि सीसीटीभी क्यामेरा जडान गरिएको छ। उद्घाटन समारोहमा प्रमुख केसीले एकैठाउँबाट यात्रुहरुले टिकट काट्न पाउँदा सुविधा हुने बताए।

images
images

उनले कालीपुल बसपार्क क्षेत्र म्याग्दी र मुस्ताङको प्रवेशद्धार हुनाका साथै यो स्थल स्वच्छ र सफा भएकाले आउने पर्यटकलाई सकरात्मक सन्देश मिल्ने चर्चा गरे। नवनिर्मित भवनमा टिकट काउन्टरका लागि कोठा विभाजन र यात्रुलाई विश्राम गर्न फर्निचरको व्यवस्था गरिएको कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडानं-८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिए।

उनका अनुसार बसपार्कलाई सफा र व्यवस्थित गराउन सात कर्मचारी नियुक्त गरिएको र व्यवसायीहरुबाट न्यूनतम सरसफलाई र पार्किङ शुल्क लिने गरिएको छ। बसपार्कबाट हुने आम्दानीलाई स्थानीय बाल मन्दिर माध्यमिक विद्यालय, नगरपालिका र बसपार्क व्यवस्थापनमा परिचालन खर्च गरिने जनाइएको छ।

विसं २०७४ मा नगरपालिकाले तयार पारेको बसपार्कको गुरुयोजनामा २१ करोड रूपैयाँ लागत अनुमान गरिएको थियो। गुरुयोजनाअनुसार बसपार्कमा नगरपालिका, प्रदेश र संघीय सरकारको सहकार्यमा बसपार्क ढलान गर्ने, नाली निर्माण गर्नेलगायतका पूर्वाधार निर्माण भइरहेको छ। रासस


प्रकाशित : बुधबार, साउन ३ २०८००६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend