आइतबार, जेठ ६ गते २०८१    
images
images

नवलपुरमा पुराना उद्योग खारेजी गर्ने क्रम बढ्यो, नयाँ खुल्ने दर घट्यो

एक वर्षमा ४३८ उद्योग दर्ता

images
मंगलबार, साउन २ २०८०
images
images
नवलपुरमा पुराना उद्योग खारेजी गर्ने क्रम बढ्यो, नयाँ खुल्ने दर घट्यो

आर्थिक मन्दीकै कारण उद्योगी व्यवसायी मारमा परेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ अर्यालले बताए।

images
images

त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नयाँ उद्योग खुल्ने दर उल्लेख्य रुपमा घटेको छ। पर्यटन तथा उद्योग कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ भन्दा गत आर्थिक वर्षमा नयाँ उद्योग, व्यवसाय खुल्ने दरमा करिब ५८ प्रतिशतले कमी आएको छ।

images
images
images

पर्यटन तथा उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आर्थिक वर्ष २०७८/७९ एक हजार ५० नयाँ उद्योग दर्ता भएका  थिए। तर गत आर्थिक वर्षमा भने जम्मा चार सय ३८ नयाँ उद्योग दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख सागर खनालले बताए।

images

गतवर्ष थपिएका नयाँ उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक उद्योग धेरै रहेका छन्। गत वर्ष आर्थिक वर्षमा नयाँ उद्योग दर्तामा कमी आउनुको प्रमुख कारण देशको पछिल्लो आर्थिक अवस्थाको असर भएको कार्यालय प्रमुख खनालले बताए। नयाँ उद्योग दर्ता र सञ्चालनको लागि आर्थिक प्रभावको अवस्था प्रतिकूल हुँदै गएकाले यस्तो अवस्था आएको हुनसक्ने उनले बताए।

images
images

'पछिल्लो समय आर्थिक अवस्था त्यति अनुकूल छैन, यसले गर्दा पनि नयाँ उद्योग दर्तामा कमी आएको हुनसक्छ। औद्योगिक उत्पादनले बजार नपाउने समस्याका कारणसमेत व्यवसायी नयाँ उद्योग स्थापनामा त्यति उत्साही भएका देखिँदैनन्', खनालले भने। पुराना खारेजी गर्ने क्रमसमेत बढेको उनको भनाइ छ।

images
images

गत आर्थिक वर्षमा ७५ पुराना उद्योग खारेजी भएका थिए। आर्थिक वर्ष २०७८/७९ मा ६४ र आव २०७७/७८ मा ४५ उद्योग खारेजी भएका थिए। वाणिज्य व्यवसाय दर्तामासमेत गत आर्थिक वर्षमा धेरै कमी आएको छ। गत आर्थिक वर्षमा जम्मा चार सय ८२ नयाँ वाणिज्य व्यवसाय दर्ता भएका छन्। आर्थिक वर्ष २०७८/७९ मा एक हजार एक सय ५८ नयाँ वाणिज्य व्यवसाय दर्ता भएको उद्योग तथा पर्यटन कार्यालय नवलपुरको तथ्यांकमा उल्लेख छ। आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तथ्यांक अनुसार नवलपुरमा नयाँ थपिएका उद्योगसहित जम्मा उद्योगको संख्या ६ हजार सात सय ४७ रहेको छ। वाणिज्य तर्फ भने आठ हजार सात सय ९८ उद्योग रहेका छन्। 

आर्थिक मन्दीकै कारण उद्योगी व्यवसायी मारमा परेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ अर्यालले बताए। उद्योग स्थापनासहित बजारीकरणको समस्या, लगानीका लागि उचित वातावरण नहुँदा यस क्षेत्रमा निराशा छाउन थालेको उनको भनाइ छ। पछिल्लो पटक बैंकको चर्को ब्याज दरका कारणसमेत उद्योग लगानी र उद्योग सञ्चालनमा समस्यामा परेकाले जिल्लामासमेत नयाँ उद्योग दर्तामा कमी आएको अर्याल बताउँछन्। रासस


प्रकाशित : मंगलबार, साउन २ २०८०११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend