शनिबार, असोज ५ गते २०८१    
images
images

तनहुँबाट राहदानी बनाउनेको संख्या बढ्यो

images
मंगलबार, साउन २ २०८०
images
images
तनहुँबाट राहदानी बनाउनेको संख्या बढ्यो

आव २०७९/८० मा आठ करोड ८५ लाख रूपैयाँ राजस्व संकलन भएको थियो भने आव २०७८/७९ मा चार करोड ४२ लाख रूपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

images
images

तनहुँ- जिल्ला प्रशासन कार्यालय तनहुँबाट विद्युतीय राहदानी बनाउन सिफारिस गर्नेको संख्या आर्थिक वर्ष २०७९/८० मा ह्वात्तै बढेको छ। आर्थिक वर्ष २०७९/८० मा जिल्ला प्रशासन कार्यालयद्वारा २२ हजार ६ सय ७१ जनाको सिफारिस गरिएको छ। 

images
images
images

उक्त संख्या आर्थिक वर्ष २०७८/७९ को भन्दा १३ हजार आठ सय १७ जनाले बढी हो। जिल्ला प्रशासन कार्यालयबाट राहदानी सिफारिस गरिएको यो संख्या हालसम्मकै बढी भएको राहदानी फाँटका खरिदार सुमन थापामगरले जानकारी दिए।

आर्थिक वर्ष २०७८/७९ मा कार्यालयबाट राहदानी सिफारिस गरिएको संख्या आठ हजार आठ सय ५४ रहेको थियो भने ६ हजार ६ सय १९ जनालाई राहदानी वितरण गरिएको थियो। विदेश अध्ययन गर्न जाने विद्यार्थी, वैदेशिक रोजगारीमा जाने तथा आफन्त भेट्न विदेश जानेको संख्या ह्वात्तै बढेको थापामगर बताउँछन्।

आव २०७९/८० को साउनमा एक हजार ८२ महिला र एक हजार चार सय ७८ पुरुष, भदौमा ६ सय ५० महिला र एक हजार एक सय ४६ पुरुष, असोजमा चार सय १८ महिला र सात सय १२ पुरुष, कात्तिकमा चार सय २१ महिला र सात सय ९१ पुरुष, मङ्सिरमा चार सय ८ महिला र सात सय ८८ पुरुष तथा पुसमा छ सय १५ महिला र एक हजार एक सय ५३ पुरुषलाई राहदानीका लागि सिफारिस गरिएको कार्यालयको अभिलेखमा उल्लेख छ।

images

यस्तै माघमा ६ सय ५२ महिला र एक हजार एक सय तीन पुरुष, फागुनमा ६ सय ५८ महिला र एक हजार एक सय ८८ पुरुष, चैतमा आठ सय ९५ महिला र एक हजार पाँच सय ३३ पुरुष, बैशाखमा सात सय ६७ महिला र एक हजार दुई सय ६३ पुरुष, जेठमा एक हजार ६३ महिला र एक हजार पाँच सय ६३ पुरुष तथा असारमा सात सय ८३ महिला र एक हजार एक सय ७० पुरुषलाई राहदानीका लागि सिफारिस गरिएको थियो । यस्तै एक सय ९८ नाबालकको सिफारिस गरिएको तथ्यांक छ।

आव २०७९/८० मा राहदानी सिफारिसबाट अघिल्लो आवको भन्दा झन्डै दोबर राजस्व संकलन भएको थियो। आव २०७९/८० मा आठ करोड ८५ लाख रूपैयाँ राजस्व संकलन भएको थियो भने आव २०७८/७९ मा चार करोड ४२ लाख रूपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, साउन २ २०८०१०:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend