आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

नवलपुरले उठायो २६ अर्ब ३१ करोड राजस्व, लक्ष्यभन्दा ६ अर्ब कम

images
मंगलबार, साउन २ २०८०
images
images
नवलपुरले उठायो २६ अर्ब ३१ करोड राजस्व, लक्ष्यभन्दा ६ अर्ब कम

अर्थतन्त्रमा आएको संकुचनले आम्दानी, घरजग्गालगायत कारोबारमा कमी हुँदा खपतमा समेत कमी आएका कारण यसले राजस्व संकलनमा समेत केही कमी देखिएको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताए।

images
images

त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत आर्थिक वर्षमा २६ अर्ब रूपैयाँभन्दा धेरै राजस्व संकलन भएको छ। कावासोतीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७९/८० मा २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार रूपैयाँ राजस्व संकलन गरेको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताए।

images
images
images

उक्त कार्यालयले सबैभन्दा धेरै अन्तःशुल्कतर्फ २५ अर्ब १६ करोड ९१ लाख १६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। यसैगरी आय कर ६३ करोड ९८ लाख ५५ हजार, मूल्य अभिवृद्धि कर ३८ करोड २५ लाख ६५ हजार, ब्याज छ करोड १३ लाख ७३ हजार, स्वास्थ्य सेवा कर चार करोड ३० लाख २० हजार, घर बहाल कर एक करोड ५३ लाख ४४ हजार रूपैयाँ संकलन भएको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताए।

images
images

आर्थिक वर्ष २०७९/८० मा उक्त कार्यालयले कुल ३२ अर्ब १२ करोड ९३ लाख ६१ हजार राजस्व संकलनको लक्ष्य लिएकामा लक्ष्यभन्दा कम २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार रूपैयाँ (८१ दशमलव ८९ प्रतिशत) राजस्व संकलन भएको प्रमुख कर अधिकृत पन्थीले बताए।

images
images
images

कुल लक्ष्यको ९६ प्रतिशत अन्तःशुल्कतर्फ मात्रै राजस्व संकलनको लक्ष्य राखिएको थियो। खपत बढ्ने लक्ष्य राखिए पनि अर्थतन्त्रमा आएको संकुचनले गर्दा अन्तःशुल्क संकलनमा समेत कमी आउँदा लक्ष्य हासिलमा असर परेको प्रमुख कर अधिकृत पन्थीले बताए। 'अर्थतन्त्रमा आएको संकुचनले आम्दानीमा कमी, घरजग्गालगायत कारोबारमा कमी हुँदा खपतमा समेत कमी आयो, यसले राजस्व संकलनमा समेत केही कमी देखिएको छ', प्रमुख कर अधिकृत पन्थीले भने।

लक्ष्यअनुसार राजस्व संकलनमा केही कम देखिए पनि देशैभरिका राजस्व कार्यालयको तुलनामा यस कार्यालयको अवस्था भने राम्रो रहेको उनको भनाइ थियो। रासस


प्रकाशित : मंगलबार, साउन २ २०८००९:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend