शनिबार, असोज ५ गते २०८१    
images
images

घट्यो अख्तियारको उजुरी फर्छ्यौट संख्या, गएको आर्थिक वर्ष १६२ वटा मुद्दामा ७६० जनासँग १ अर्ब ७७ करोडको मागदाबी

images
सोमबार, साउन १ २०८०
images
images
घट्यो अख्तियारको उजुरी फर्छ्यौट संख्या, गएको आर्थिक वर्ष १६२ वटा मुद्दामा ७६० जनासँग १ अर्ब ७७ करोडको मागदाबी

गत आर्थिक वर्षमा १ हजार ८३ वटा उजुरी विस्तृत अध्ययनमा गएको अख्तियारले जनाएको छ। अघिल्लो आवमा ८ सय २३ वटा उजुरी विस्तृत अध्ययनमा गएका थिए। 

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका भ्रष्टाचार उजुरीमध्ये ६६ दशमलव २७ प्रतिशत फर्छ्यौट भएको जनाएको छ। गएको आर्थिक वर्ष अख्तियारले ७ सय ६० जना प्रतिवादीहरूबाट १ अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४ सय ३५ रुपैयाँ बिगो माग दाबी गरिएको जनाएको छ।

images
images
images

गत आर्थिक वर्ष २०७९/८० मा आयोगमा विभिन्न माध्यमबाट आएका २० हजार ३ सय ६८ तथा अघिल्लो आर्थिक वर्ष २०७८/७९ बाट जिम्मेवारी सरेर आएका ७ हजार १ सय ६२ समेत कुल २७ हजार ५ सय ३० उजुरीमध्ये १८ हजार २ सय ४५ उजुरी फर्छ्यौट भएको जनाएको छ। अघिल्लो आर्थिक वर्षमा भने अख्तियारले ७०.५६ प्रतिशत उजुरी फर्छ्यौट गरेको थियो।

गत आर्थिक वर्षमा १ हजार ८३ वटा उजुरी विस्तृत अध्ययनमा गएको अख्तियारले विज्ञप्तीमार्फत जनाएको छ। अघिल्लो आवमा ८ सय २३ वटा उजुरी विस्तृत अध्ययनमा गएका थिए। 

अख्तियारले आर्थिक वर्ष २०७९/८० मा १ सय ६२ मुद्दा विशेष अदालतमा दायर गरिएका र अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा आयोगबाट विशेष अदालतमा कुल १ सय ३१ वटा मुद्दाहरू दर्ता भएका थिए। आर्थिक वर्ष २०७९/८० मा ७८ वटा बैठकबाट १२ सय ४६ वटा निर्णयहरू भएको आयोगले जनाएको छ। अख्तियारले आर्थिक वर्ष २०७९/८० मा गैरकानूनी लाभहानीमा ६४ वटा मुद्दा दायर गरेको र प्रतिवादीको संख्या ४ सय ४२ रहेको जनाएको छ।

images

यसैगरी घुसतर्फ ३२ वटा मुद्दा दर्ता भएको र प्रतिवादी संख्या ४६, सार्वजनिक सम्पत्ति हानी नोक्सानीतर्फ २७ वटा मुद्दा दर्ता भएको र १ सय ५० जना प्रतिवादी रहेको अख्तियारले जनाएको छ। गैरकानूनी सम्पत्ति आर्जनतर्फ १३ वटा, नक्कली शैक्षिक प्रमाणपत्रतर्फ ८, राजस्व हिनामिना तर्फ ७ वटा मुद्दा र विविधमा ११ वटा मुद्दा गरी कुल १ सय ६२ वटा मुद्दामा ७ सय ६० प्रतिवादी रहेको अख्तियारले जनाएको छ।

जसमध्ये विशिष्ठ श्रेणीका कर्मचारी १ जना, अन्य कर्मचारी ३ सय ५५ जना, बिचौलिया/मतियारलगायत अन्य १ सय ७८ जना रहेका छन् भने निर्वाचित/मनोनित पदाधिकारीहरू २ सय २६ जना रहेका अख्तियारले जनाएको छ। ७ सय ६० जना प्रतिवादीहरूबाट १ अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४ सय ३५ रुपैयाँ बिगो माग दाबी गरिएको अख्तियारले जनाएको छ।

रंगेहात कारबाही

आर्थिक वर्ष २०७९/८० मा कुल रंगेहात कारबाहीको संख्या ३७ रहेकोमा रंगेहात कारबाहीमा परेका व्यक्तिमध्ये कुल कर्मचारी  ४० जना, ६ जना बिचौलिया/मतियार र ८ जना निर्वाचित/मनोनित पदाधिकारी रहेको अख्तियारले जनाएको छ। 
 
पुनरावेदनतर्फ 

आर्थिक वर्ष २०७९/८० मा सम्मानित विशेष अदालतवाट ३ सय ४१ वटा फैसला प्राप्त भएकोमा आंशिक ठहर र सफाई पाएका मुद्दामध्ये २ सय ३७ वटा मुद्दामा आयोगले पुनरावेदन गरेको  विज्ञप्तीमा जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यसरी आयोगले कुल ५७ वटा मुद्दाहरूमा पुनरावेदन गरेको थियो।


प्रकाशित : सोमबार, साउन १ २०८०१३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend