आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

काठमाडौं महानगरपालिकामा तोकियो पार्किङ शुल्क, कुनलाई कति?

images
सोमबार, साउन १ २०८०
images
images
काठमाडौं महानगरपालिकामा तोकियो पार्किङ शुल्क, कुनलाई कति?

सेवाग्राहीको गुनासो सुनुवाइ गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन शुल्क निर्धारण गरिएको महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छिन्। 

images
images

काठमाडाैं- काठमाडौं महानगरपालिकाले सवारीसाधन पार्किङ शुल्क निर्धारण गरेको छ। दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको महानगरपालिकाले जनाएको छ।

images
images
images

काठमाडौं महानगरपालिकाभित्र दुई पाङग्रे सवारी साधनले आधा घण्टाको पार्किङ शुल्क १५ रुपैयाँ मात्रै तिर्नुपर्नेछ। एक घण्टाको २५ रुपैयाँ र एक घण्टाभन्दा बढी थप हुँदै जाँदा हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको छ।

images
images

चार पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्नेछ भने एक घण्टाका लागि ७५ रुपैयाँ तिनुपर्नेछ। त्योभन्दा बढी समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने छ।

images
images
images

आम सेवाग्राहीको गुनासो सुनुवाइ गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन शुल्क निर्धारण गरिएको महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छिन्। 


प्रकाशित : सोमबार, साउन १ २०८०१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend