आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

मेची भन्सारबाट १४ अर्ब राजस्व संकलन

images
सोमबार, साउन १ २०८०
images
images
मेची भन्सारबाट १४ अर्ब राजस्व संकलन

पेट्रोलियम पदार्थको आयात कम भएको, सुपारीलगायत तेस्रो मुलुकबाट ठूलो परिमाणमा आउने वस्तुको आयात ठप्प रहेकाले राजस्व संकलनमा असर परेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए।

images
images

झापा- मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको तुलनामा ६९ दशमलव ४१ प्रतिशत राजस्व असुली गरेको छ।

images
images
images

भन्सार कार्यालका अनुसार उक्त आवमा १४ अर्ब चार करोड ७५ लाख ३९ हजार रूपैयाँ राजस्व असुली भएको छ। भन्सारले गत आवमा २० अर्ब २४ करोड १८ लाख ३३ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको थियो।

images
images

पेट्रोलियम पदार्थको आयात कम भएको, सुपारीलगायत तेस्रो मुलुकबाट ठूलो परिमाणमा आउने वस्तुको आयात ठप्प रहेकाले राजस्व संकलनमा असर परेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए। कोरोना महामारीपछिका तीन वर्षमा मेची भन्सार कार्यालयमार्फत हुने राजस्व संकलनमा लगातार ह्रास आइरहेको उनले बताए।

images
images
images

मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा १७ अर्ब ५३ करोड १९ लाख २८ हजार रूपैयाँ र आर्थिक वर्ष २०७७/७८ मा १८ अर्ब ६९ करोड ९२ लाख ६४ हजार रूपैयाँ राजस्व असुली गरेको रेग्मीले जानकारी दिए।

आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा तीन अर्ब ४८ करोड ४३ लाख ८९ हजार रूपैयाँ राजस्व कम संकलन भएको छ। पूर्वीनाका काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालय भुटान र बंगलादेशसहित उत्तरी भारतको पश्चिम बंगाल,सिक्किम र आसामसम्म हुने व्यापारको राजस्व संकलन गर्ने निकाय हो। तेस्रो मुलुकसँगको व्यापारसमेत यही नाकाबाट हुने गर्दछ। रासस


प्रकाशित : सोमबार, साउन १ २०८०१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend