आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

दीगो विकासको लक्ष्य हासिल गर्न अल्पविकसित मुलुकलाई ठूलो चुनौती छ : अर्थमन्त्री महत

images
सोमबार, साउन १ २०८०
images
images
दीगो विकासको लक्ष्य हासिल गर्न अल्पविकसित मुलुकलाई ठूलो चुनौती छ : अर्थमन्त्री महत

बैठकमा मुख्यगरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका विषय सत्रमा छलफल भएको छ।

images
images

गुजरात- अर्थमन्त्री डा प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताएका छन्।

images
images
images

भारतको गुजरातस्थित गान्धिनगरमा सोमबारदेखि सुरू भएको जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै मन्त्री डा. महतले अल्पविकसित मुलुकका राजस्व स्रोतमा कमी र बढ्दो ऋणका बीचमा दीगो विकास लक्ष्य हासिल गर्न चुनौती थपिएको बताए।

images
images

स्रोत अभावले गर्दा स्वास्थ्यका क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको बताए। अन्तर्राष्ट्रिय समुदायले सहुलियतपूर्ण, सुविधाजनक, लचक खालका अनुदान र स्रोत उपलब्ध गराउन बैठकमा उनले आह्वान समेत गरे।

images
images
images

सम्मेलनमा भारत, अमेरिका, चीन, जापान,  फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकजस्ता संस्थाहरूको सहभागिता रहेको छ।

बैठकमा मुख्यगरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका विषय सत्रमा छलफल भएको छ।

सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवं सुपरीवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइएको छ। सम्मेलन मंगलबारसम्म चल्नेछ। रासस


प्रकाशित : सोमबार, साउन १ २०८०१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend