आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

एक वर्षमा एक अर्ब २६ करोड रूपैयाँ बराबरका चोरीका सामान बरामद

images
सोमबार, साउन १ २०८०
images
images
एक वर्षमा एक अर्ब २६ करोड रूपैयाँ बराबरका चोरीका सामान बरामद

आर्थिक वर्ष २०७८/७९ कोभन्दा आव २०७९/८० मा करिब २७ प्रतिशत बढीको भन्सार छलीका सामान बरामद भएको छ।

images
images

काठमाडौं- सशस्त्र प्रहरी बल नेपालले गएको एक वर्षमा एक अर्ब २६ करोड ४४ लाख २४ हजार रूपैयाँ बराबरको चोरी पैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ।

images
images
images

आर्थिक वर्ष २०७८/७९ कोभन्दा आव २०७९/८० मा करिब २७ प्रतिशत बढीको भन्सार छलीका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। उक्त अवधिभर सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटले साउनमा नौ करोड ७९ लाख, भदौमा ११ करोड २५ लाख, असोजमा आठ करोड ७४ लाख ९४ हजार, कार्तिकमा छ करोेड ९१ लाख ५८ हजार रूपैयाँ बराबरको मालसामान बरामद गरेको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए।

images
images

उनका अनुसार मङ्सिरमा आठ करोड ४८ लाख, ५१ हजार, पुसमा १७ करोड ५८ लाख ५० हजार, माघमा आठ करोड १९ लाख ९६ हजार, फागुनमा आठ करोड ७९ लाख ६० हजार रूपैयाँको मालसामान बरामद भएको छ।

images
images
images

त्यस्तै, चैतमा ११ करोड १८ लाख ३० हजार, बैशाखमा १३ करोड ८१ लाख ८९, जेठमा ११ करोड ४३ लाख ६४ हजार रूपैयाँ र असारमा १० करोड २३ लाख १२ हजार रूपैयाँ बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको प्रवक्ता खड्काले बताए। आर्थिक वर्ष २०७९/८० मा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयले उल्लेखित मूल्य बराबरको अवैध चोरी, निकासी बरामद, वन पैदावार, सुनचाँदी र अवैध रुपैयाँ बरामद गरी भन्सार दाखिला गरेको उनको भनाइ थियो।

सो अवधिमा नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले २८ करोड ७३ लाख ४५ हजार रूपैयाँ, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले ६५ करोड रूपैयाँ, ७० लाख २६ हजार रूपैयाँ, नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरले एक करोड ९० लाख ९९ हजार रूपैयाँ र नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले दुई लाख ८१ हजार रूपैयाँ बराबरको मालसामान भन्सारमा दाखिला गरेको हो।

त्यस्तै नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीले २२ करोड १६ लाख १५ हजार रूपैयाँ, नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सात करोड ८३ लाख ४५ हजार रूपैयाँ भन्सार दाखिला गरेकोसमेत वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, साउन १ २०८०१०:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend