आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण थालियो, ७७ करोड रूपैयाँ खर्च हुने

images
सोमबार, साउन १ २०८०
images
images
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण थालियो, ७७ करोड रूपैयाँ खर्च हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा १२ लाख किलोलिटर क्षमताका तीनवटा डिपो निर्माण हुनेछन्।

images
images

पोखरा- कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण थालिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त डिपोको आज शिलान्यास गरेका छन्।

images
images
images

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै थप हवाई इन्धनको माग हुने भएकाले नयाँ हवाई डिपो निर्माण गर्न लागिएको हो। हवाई इन्धन डिपो पोखराका प्रमुख धिरजविक्रम खड्काका अनुसार यहाँ १२ लाख किलोलिटर क्षमताका तीनवटा डिपो निर्माण गरिनेछन्।

images
images

डिपो निर्माणका लागि ७७ करोड रूपैयाँ खर्च हुने नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र शाहले जानकारी दिए। उक्त आयोजनाको ठेक्का समानान्तर-रेलिगेयर-भारत ट्याङ्क्स जेभीले पाएको छ।

images
images
images

'एक हजार दुई सय किलोलिटर क्षमताका तीन र एक हजार पाँच सय किलोलिटर क्षमताको एउटा ट्यांकी निर्माण गरिनेछन्', उनले भने, 'नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गा भाडामा लिएर डिपो निर्माण थालिएको हो।' नायब कार्यकारी निर्देशक शाहका अनुसार डिपो एक वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ। रासस


प्रकाशित : सोमबार, साउन १ २०८०१०:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend