शनिबार, असोज ५ गते २०८१    
images
images

बागलुङमा कृषिका परियोजना क्षेत्रमा ८४ प्रतिशत उपलब्धि

images
सोमबार, साउन १ २०८०
images
images
बागलुङमा कृषिका परियोजना क्षेत्रमा ८४ प्रतिशत उपलब्धि
फाइल तस्बिर

अधिकांश सहभागी किसानले लागत बढेकाले कृषि उत्पादन महँगो भएको गुनासो गरेका छन्।

images
images

बलेवा- बागलुङमा कृषिका परियोजना क्षेत्रको उपलब्धि ८४ प्रतिशतसम्म भएको पाइएको छ। कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् आर्थिक वर्ष २०७९/८० मा भएका कामको तथ्यांकका आधारमा कृषि क्षेत्रका कार्यक्रमको प्रगति ८४ प्रतिशत देखिएको हो।

images
images
images

तीनवटै कार्यालयले अधिकांश योजनाको प्रगति ८० देखि ८४ प्रतिशतसम्म भएको प्रतिवेदन तयार गरेका छन्। जिल्लामा कृषि उत्पादन, पशुपालन र अन्य बाली प्रवर्द्धनमा पनि उल्लेख्य प्रगति भएको उल्लेख छ। किसानले भने वार्षिक कार्यक्रमको प्रगति राम्रो देखिए पनि वास्तविक रुपमा कृषि क्षेत्रमा प्रगति हुन नसकेको गुनासो गरेका छन्। उनीहरुले पछिल्लो समय बाँझो जमिन बढ्दै गएको, उत्पादन लागत बढेको, सिँचाइका समस्या बढेका र बजारीकरणमा समेत समस्या भएको गुनासो गरेका थिए। 
'वास्तविक कृषि क्षेत्र घट्दो छ, परियोजनाले बढेको देखाउँछ, के पत्याउने?', दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दीपक गौतमले भने, 'जमिन बाँझो बढिरहेको छ, उत्पादकत्व बढाउने गरी कार्यक्रम आएनन्।' उनले दूध उत्पादन बढाउने, बजारीकरण गर्ने जस्ता काममा पनि लगानी बढाउन माग गरे।

बागलुङको जैमिनीका किसान डिल्लीप्रसाद शर्माले कृषि उत्पादन बढाउने किसानको योजना बाँदर आतंकले अलपत्र परेको बताए। अर्का किसान बालानन्द कँडेलले पनि बाँदर आतंकबाट जोगाउने नीति र कार्यक्रम ल्याउन माग गरे।

पछिल्लो समय कृषि क्षेत्रको समस्याका रुपमा बाँदर रहेकाले नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने कुरा धेरै नै रहेको जिल्ला समन्वय समितिका प्रमुख अमर थापाको भनाइ थियो। 'किसानको उत्पादन लागत बढ्नु राम्रो होइन', थापाले भने, 'उत्पादन भएको वस्तुले बजार पाउनुपर्छ, सुरक्षित हुनुपर्छ भन्नेमा हामी सचेत बन्नुपर्छ।'

images

कार्यालयको प्रगति सार्वजनिकिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले उत्पादकत्व बढ्नु र राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान बढाउनु आवश्यक भएको बताइन्। उनले उन्नत बीउ, समयमा मल पाउने व्यवस्था र उत्पादनमा आधारिक अनुदान नीति बनाउन सके किसान बढ्ने, उनीहरुले उत्पादनमा जोड दिने अवस्था आउने बताइन्।

अधिकांश सहभागी किसानले लागत बढेकाले कृषि उत्पादन महँगो भएको गुनासोसमेत गरेका थिए। कृषि कार्यालयले उत्पादन र बजार मूल्य हचुवामा राखिदिँदा किसान मारमा परेको पनि उनीहरुले गुनासो गरेका थिए। भेटेनरी तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख ऋषिराम सापकोटाले व्यावसायिक उत्पादन गर्दा धेरै फसलको मूल्य घट्ने बताए।

साथै उनले जिल्लामा दूध उत्पादनको २० प्रतिशत मात्रै बजारमा आएको जनाउँदै अरु घरायसी काममा खर्च भएको बताए। घरायसी काममा खर्च भएको दूधको मात्रा बजारीकरण गर्ने र दूधजन्य परिकारमा लगाउन सकियो भने किसानले धेरै आम्दानी गर्न सक्ने बताए। कृषि ज्ञान केन्द्र प्रमुख भानुभक्त भट्टराईले धानको उत्पादन बढ्दै गएको, समूह र कृषि फर्मबाट उत्पादन गर्ने क्रम बढेको र त्यसले बजारीकरण समेत भएको बताए।

केन्द्रले विपन्न लक्षित क्षेत्रमा उत्पादनमुखी कार्यक्रम लगेको, मुख्यमन्त्री जलवायुमैत्री कार्यक्रम सञ्चालन भएको, आलु र मकै जोनको क्षेत्र सञ्चालनमा आएको बताए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख सुजित पौडेलले बाख्रा जोन क्षेत्रको जानकारी दिँदै आधुनिक खोर निर्माणले उत्पादकत्व पनि बढाएको बताए। उनले पछिल्लो समय बाख्राको उत्पादन बढेको, परियोजनामार्फत् ओखर खेती र स्याउ लगाउने काम भएको पनि जानकारी दिए। रासस


प्रकाशित : सोमबार, साउन १ २०८००९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend