शनिबार, असोज ५ गते २०८१    
images
images

असारे भुक्तानी : पाँच वर्षकै न्यून 

images
सोमबार, साउन १ २०८०
images
images
असारे भुक्तानी : पाँच वर्षकै न्यून 

असारमै गएर धेरै भुक्तानी हुने प्रवृत्ति रोक्नका लागि महालेखाले निरन्तर प्रश्न उठाएपनि असारे भुक्तानीमा नियन्त्रण भने भएको छैन। 

images
images

काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारले १४ खर्ब २९ अर्ब ५६ करोड बजेट खर्च गरेको छ। सरकारले एक आर्थिक वर्षमा गरेको यो बजेट गत वर्षको तुलनामा १० प्रतिशतले धेरै हो। 

images
images
images

बजेट खर्च बढेपनि असार महिनामा हुने खर्च भने विगत पाँच वर्षकै न्यून भएको छ। गएको आर्थिक वर्षको असारमा २ खर्ब ५३ अर्ब ४९ करोड बजेट खर्च भएको छ। यो कूल खर्चको १७.७३ प्रतिशत हो। 

विगत पाँच वर्षकै न्यून प्रतिशत हो यो। अघिल्लो आर्थिक वर्षमा २०.९३ प्रतिशत खर्च भएको थियो भने त्योभन्दा अघिल्लो वर्ष २३.३७ प्रतिशत खर्च भएको थियो। 

असारमै गएर धेरै भुक्तानी हुने प्रवृत्ति रोक्नका लागि महालेखाले निरन्तर प्रश्न उठाएपनि असारे भुक्तानीमा नियन्त्रण भने भएको छैन। 

images

चालु वर्षमा स्रोतकै अभाव भएकाले गर्दा खर्च न्यून भएको अधिकारीहरूले बताएका छन्। ‘अझ स्रोत नपुग्ने डरले यअसघिका महिनामा रोकिएको खर्च असारमा भएको छ’ अर्थका एक अधिकारीले भने। 

त्यस्तै पुँजीगत खर्च पनि असारमा ३४.७६ प्रतिशत भएको छ। यो पनि पछिल्ला तीन वर्षकै न्यून हो। त्यस्तै चालु वर्ष पनि असारमा १२.७६ प्रतिशत भएको छ यो पछिल्ला चार वर्षकै न्यून हो। 

 


प्रकाशित : सोमबार, साउन १ २०८००५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend