बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बैंकहरूको नाफा खुम्चिँदा आन्तरिक राजस्व प्रभावित, मदिरादेखि चुरोटसम्मका धेरै कर उठ्ने क्षेत्रबाट पनि भएन भरथेग 

सोमबार, साउन १ २०८०
बैंकहरूको नाफा खुम्चिँदा आन्तरिक राजस्व प्रभावित, मदिरादेखि चुरोटसम्मका धेरै कर उठ्ने क्षेत्रबाट पनि भएन भरथेग 

बैंक तथा वित्तीय संस्थामात्र होइन सबै क्षेत्रको व्यापारमा गिरावट आउँदा आयकर संकलन प्रभावित भएको, उत्पादन घट्दा भ्याटदेखि अन्त:शुल्कसम्म प्रभाव परेको अधिकारीहरूले बताएका छन्। 

काठमाडौं-  चालु वर्षको सुरूदेखि नै राजस्व संकलन ऋणात्मक भएको थियो। वर्षको अन्त्यसम्म पुग्दा पनि राजस्व १० प्रतिशतले ऋणात्मक भएको छ। 

विशेषगरि भन्सारबाट उठ्ने राजस्वमा गिरावट आउँदा समग्र राजस्व प्रभावित हुने प्रक्षेपण राजस्व प्रशासनको थियो। तर मध्यावधि समीक्षाबाट भन्सारको राजस्व रिकभर हुने सम्भावना न्यून भएपनि आन्तरिक राजस्वलाई ऋणात्मक हुनबाट जोगाउने लक्ष्य राखिएको थियो। 

विशेषगरि सीमित आयात प्रतिबन्ध खुलेपछि बजारमा चहलपहल बढ्ने र आन्तरिक राजस्वमा सुधार हुने अपेक्षा सरकारको थियो। तर अपेक्षा अनुसार भएन। आन्तरिक राजस्व विभागले लक्ष्य अनुसार राजस्व उठाउने सम्भावना त थिएन तर कम्तिमा ऋणात्मक हुन नदिने भन्ने लक्ष्य राखिएको थियो। 

बजारमा बढेको चहलपहले गत वर्षको तुलनामा नघट्ने विश्वासमा रहेका विभागका अधिकारीहरूको अनुमान असफल भएको छ। अर्थात् विभागले वर्षको अत्यसम्म ४ खर्ब ८० अर्ब ४० करोड राजस्व संकलन गरेको छ। यो गत वर्षको तुलनामा ३ अर्ब २० करोड न्यून हो। 

३ अर्बको मार्जिन घटाउनसक्ने स्पेसको दुरुपयोग नगर्दा यस्तो भएको अधिकारीहरू बताउँछन्। बैंक तथा वित्तीय संस्थाको यसअघि बढि पेस भएको करलाई एडजस्टका लागि नछोड्दा यस्तो भएको उनीहरूको भनाइ छ। 

समग्रमा बैंक तथा वित्तीय संस्थाहरूको नाफा खुम्चिँदा यसअघिकै आयकर पर्याप्त भएको र थोरैमात्र बुझाएको, सेयर बजार तथा घरजग्गाको कारोबारबाट उठ्ने कर पनि घटेकाले गर्दा ऋणात्मक भएको अधिकारीहरू बताउँछन्। 

‘हामीले चाहेको भए वा २/३ वटा बैंकबाटमात्र थोरै एड्जस्ट हुनेगरि आयकरको अन्तिम किस्ता बुझाउन भनेको भए हुन्थ्यो तर त्यसो गरिएन’ एक अधिकारीले भने। 

बैंक तथा वित्तीय संस्थामात्र होइन सबै क्षेत्रको व्यापारमा गिरावट आउँदा आयकर संकलन प्रभावित भएको, उत्पादन घट्दा भ्याटदेखि अन्त:शुल्कसम्म प्रभाव परेको अधिकारीहरूले बताएका छन्। 


प्रकाशित : सोमबार, साउन १ २०८००४:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend