शनिबार, असोज ५ गते २०८१    
images
images

आर्थिक वर्षको अन्तिम दिन सर्भरमा समस्या आउँदा भन्सार जाँचपास ठप्प

images
आइतबार, असार ३१ २०८०
images
images
आर्थिक वर्षको अन्तिम दिन सर्भरमा समस्या आउँदा भन्सार जाँचपास ठप्प

विभागले सबै भन्सार कार्यालयहरुलाई समस्या पहिचानको लागि काम भइरहेको मात्रै बताएको एक भन्सार कार्यालयलका प्रमुख भन्सार अधिकृतले जानकारी दिए।

images
images

काठमाडौं- आर्थिक वर्ष २०७९/०८० को अन्तिम दिन देशभरको भन्सार जाँचपास ठप्प भएको छ।

images
images
images

आसुकुडा प्रणालीमा समस्या आउँदा भन्सार जाँचपास रोकिएको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए। सर्भरमा के समस्या आएको हो त्यसको पहिचानको लागि काम भइरहेको उनले जानकारी दिए। 

विभागले सबै भन्सार कार्यालयहरुलाई समस्या पहिचानको लागि काम भइरहेको मात्रै बताएको एक भन्सार कार्यालयलका प्रमुख भन्सार अधिकृतले जानकारी दिए।

प्रणालीमा मितिको समस्या देखिएको छ। एक दिनअघिको मिति प्रणालीमा देखाउनुपर्ने हुन्छ तर आज जुलाई १५ को मात्रै देखाएको छ। यो नै प्रमुख समस्या भएको एक भन्सार अधिकृतले जानकारी दिए।

images

भन्सार कार्यालयमा जाँचपास रोकिँदा अन्तिम दिन संकलन हुने राजस्व संकलन पनि प्रभावित भएको छ। यसै पनि न्यून राजस्व संकलन हुँदा संघीय सरकारको कोषको घाटाको खाडल उच्च भएको छ। 

भन्सारको प्रणालीमा आर्थिक वर्षको अन्तिम दिन आउने यस्तो समस्या यो वर्षमात्र होइन प्राय वर्षमा आउने गरेको छ। हिसाब किताब मिलान लागि भन्दै कर्मचारीहरूले नै यस्तो गर्दै आएका छन्। करका दरको प्रभाव खासै नहुने भएपनि कर्मचारीहरू आफैले यस्तो समस्या आएको भन्सार एजेन्टहरूले बताएका छन्। 

भन्सार जाँचपासका लागि प्रक्रियामा रहेका व्यवसायीहरूले मर्कामा परेका छन्। कर तिरेर जाँचपासका लागि पनि बिहानदेखि खटिँदा पनि अहिलेसम्म सफल नभएको भन्दै उनीहरूले गुनासो गरिरहेका छन्। 


प्रकाशित : आइतबार, असार ३१ २०८००९:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend