शनिबार, असोज ५ गते २०८१    
images
images

नेपालबाट पहिलोपटक पशुआहार चीन निर्यात, अब दैनिक २० कन्टेनर पठाइने

images
शनिबार, असार ३० २०८०
images
images
नेपालबाट पहिलोपटक पशुआहार चीन निर्यात, अब दैनिक २० कन्टेनर पठाइने

भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार (हाइलेज) आजदेखि चीन निर्यात गर्न सुरू गरिएको छ। पहिलो दिन १० कन्टेनर पशुआहार चीन पठाइएको छ। अब क्रमशः दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने कम्पनीले जनाएको छ।

images
images

चितवन- नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ। भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो। 

images
images
images

सो कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको हो। कम्पनीका अनुसार अब क्रमशः दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने छ। एक वर्षमा दुई सय करोड टन पशुआहार चीनको सिगात्से सहर पठाउने योजना छ। सो सहर निकै चिसो हुने भएकाले त्यहाँ घाँस उत्पादन हुँदैन। पालिएका पशुचौपायाका लागि घाँस पठाउन लागिएको हो।

कम्पनीका प्रमुख कार्यकारी निर्देशक चाङका अनुसार अहिले पठाइएको हाइलेज डाँठ र दुधिलो घोगासहितको मकैको बोटबाट तयार पारिएको हो। क्रमशः अम्रिसो, नेपियर लगायतका घाँसबाट समेत पशुआहार बनाइँदै छ। यो कम्पनीले भरतपुर र वरपरका किसानबाट मकैको बोट नै खरिद गरेर प्रशोधन गरी पशुआहार बनाएको हो। चाङका अनुसार किसानलाई उन्नत जातको बीउ, सिँचाइको व्यवस्था र प्राविधिक सहयोगसमेत गरिँदै आएको छ।

यो प्रविधिमा दुधिलो मकैको बोटलाई काटेर प्रशोधन गरेपछि हावा नपस्ने गरी प्याकिङ गरिन्छ। सुरक्षित भण्डारणमा एक सय २० दिन राखेपछि यो घाँस चीन पठाउने चाङले जानकारी दिए। दुई वर्षसम्म घाँस प्रयोग गर्न मिल्छ। यसलाई निकै पोषिलो आहारका रुपमा लिने गरिन्छ। कम्पनीले किसानसँग गुणस्तर हेरेर बोटै सहितको मकै खरिद गर्दै आएको छ।

images

पशुआहारलाई रोला बनाएर पठाइएको छ। एउटा रोलामा चार सय ६० किलो पशुआहार हुन्छ। उनका अनुसार दैनिक ८० देखि एक सय रोला पशुआहार उत्पादन गर्न सकिन्छ। हाल तयार गरिएको पशुआहार चितवनका विभिन्न ठाउँबाट संकलन गरिएको हो। धेरै मात्रामा पूर्वी चितवनको मकै रहेको छ। 

सन् २०२२ मा चिनियाँ उपराष्ट्रपति नेपाल आउँदा घाँस चीन लैजाने विषयमा सम्झौता भएको थियो। पहिलो चरणमा केरुङ र रसुवा नाकाबाट घाँस पठाइँदै छ। चाङले चीनको सो क्षेत्रमा दैनिक पाँच सय कन्टेनर घाँसको माग रहेको बताए।

सिगात्से सहरसँग भरतपुर महानगरपालिकाको भगिनी सम्बन्ध रहेको छ। पशुआहार निर्यात कार्यक्रमको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपालका लागि चिनियाँ राजदूतावास र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए। रासस


प्रकाशित : शनिबार, असार ३० २०८०१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend