सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

तिमाङ खोलाको काठेपुल जीर्ण भएपछि यातायात अवरुद्ध

images
शनिबार, असार ३० २०८०
images
images
तिमाङ खोलाको काठेपुल जीर्ण भएपछि यातायात अवरुद्ध

मनाङमा मोटरेबल पुल निर्माणको काम समयमा नहुँदा वर्षैपिच्छे काठको पुल निर्माण गर्दा यहाँ राज्यको दोहोरो लगानी हुने गर्दछ। सामान्यतया कम्तीमा एउटा काठको पुल निर्माण गर्दा तीन लाख रूपैयाँसम्म खर्च हुने गरेको योजना कार्यालयका प्रमुख रवीन्द्र दासले जानकारी दिए।

images
images

मनाङ- हिमाली जिल्ला मनाङको चामे गाउँपालिका-१ तिमाङ खोलाको काठेपुल जीर्ण भएपछि यातायात अवरुद्ध छ। विसं २०७८ असार १ गते आएको बाढीले मोटरेबल पुल भत्किएपछि बनाइएको काठेपुलको काठ कुहिएपछि यातायात अवरुद्ध भएको हो।  

images
images
images

प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेल खनालले मोटरेबल पुल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन तयार गरिएको जानकारी दिइन्। 'अहिलेका लागि यातायात सञ्चालन गर्न आवश्यक छ, काठकै पुल निर्माण गरी यातायात सञ्चानल गर्नुपर्छे', उनले भनिन् मोटरेबल पुल निर्माणको प्रक्रिया द्रुत गतिमा अघि बढाइएको उनको भनाइ छ।

images
images

डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका अनुसार तनहुँ, लमजुङ र मनाङ गरी तीन जिल्लामा १५ मोटरेबल पुलको ठेक्का दिने तयारी छ। मनाङमा नौवटा मोटरेबल पुल निर्माण हुने योजना कार्यालयका प्रमुख रवीन्द्र दासले जानकारी दिए। ठेकेदारले समयमै काम नगर्दा पुल निर्माणको कामले गति लिन नसकेको उनको भनाइ छ। वार्षिक रुपमा विनियोजित बजेट ‘फ्रिज’ हुने गरेको छ।

images
images
images

'बजेट फ्रिज हुन नदिन ठेकेदारलाई कडाइ गरिएको छ', दासले भने। मनाङमा मोटरेबल पुल निर्माणको काम समयमा नहुँदा वर्षैपिच्छे काठको पुल निर्माण गर्दा यहाँ राज्यको दोहोरो लगानी हुने गर्दछ। सामान्यतया कम्तीमा एउटा काठको पुल निर्माण गर्दा तीन लाख रूपैयाँसम्म खर्च हुने गरेको प्रमुख दासले बताए। बर्खामा तत्कालका लागि अस्थायी रुपमा काठको पुल निर्माण गर्ने गरिएको छ। 'बिस्तारै जिल्लालाई काठेपुलरहित बनाउँदै छौँ', उनले भने। रासस


प्रकाशित : शनिबार, असार ३० २०८००८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend