काठमाडौं- सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ।
असार २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले मोटा धान प्रतिक्विन्टल तीन हजार एक सय ९८ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ६ सय ६२ रूपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको हो।
यस्तै मन्त्रिपरिषद् बैठकले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद असोज २५ गतेसम्म थप गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु :