सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

रुपन्देहीमा ५७ प्रतिशत धान रोपाइँ

images
बिहीबार , असार २८ २०८०
images
images
रुपन्देहीमा ५७ प्रतिशत धान रोपाइँ

पुराना सिँचाइ आयोजना र कुलोहरु मर्मत नहुँदा सिँचाइ पुग्न नसकेको हो।

images
images

तिलोत्तमा- रुपन्देही जिल्लामा असार महिनाको अन्तिम हप्तासम्म ३६ हजार १९३ हेक्टरमा धान रोपाइँ भएको छ। जिल्लामा ६३ हजार ४९७ हेक्टर जमिनमा रोपाइँ हुनुपर्नेमा अहिलेसम्म ५७ प्रतिशत मात्र रोपाइँ भएको जिल्ला कृषि ज्ञानकेन्द्रले जनाएको छ।

images
images
images

गत वर्षसम्म यो समयमा जम्मा ४२ प्रतिशत जमिनमा धान रोपाइँ भएकामा अहिले ५७ प्रतिशत भएको उक्त केन्द्रका सूचना अधिकारी अनिल बानियाँले बताए। गतवर्षभन्दा अहिले असार १५ मै पानी परेका कारण रोपाइँ तुलनात्मकरूपमा धेरै भएको उनको भनाइ थियो।

images
images

जिल्लाभार सिँचाइ सुविधा ७० प्रतिशत जमिनमा पुगेको देखिए पनि यहाँको पुराना सिँचाइ आयोजना र कुला मर्मत नहुँदा कागजमा मात्र सीमित देखिन्छ। तोकिएजति सिँचाई नहुनुमा  भौलाभुजा सिँचाइ आयोजना, छत्तिस कुलोलगायत धेरै पुराना सिँचाइ आयोजना र कुलो मर्मत नहुँदा क्षमताअनुसारको सिँचाइ पुर्‍याउन समस्या भएको हो। तिलोत्तमा नगरपालिका- १० कान्छी बजारका किसान रामबहादुर थापाले सिँचाइ नहुँदा समयमा रोपाइँ गर्न नसकिएको बताए।

images
images
images

उनले बोरिङको पानीबाट धान रोपाइँ गर्दा लागत धेरै लाग्ने भएकाले आकासे पानी नै कुर्नु परेको गुनासो गरे। सैनमैना नगरपालिका-६ का किसान बाबुराम चौधरीले बीउ राख्ने बेलामै पानी ढिलो परेका कारण बल्ल रोपाइँ गर्नुपरेको बताए। उनले सिँचाइ नहुँदा आकासे पानीको भर पर्नुपरेको बताए।

जिल्लाका पुराना सिँचाइ र कुलो मर्मतका लागि समयमै ध्यान दिनुपर्ने र त्यसका लागि सबैले पहल गनुपर्ने जिल्ला कृषि ज्ञान केन्द्रमा प्रमुख शिवप्रसाद अर्यालले बताए। रासस


प्रकाशित : बिहीबार , असार २८ २०८००८:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend