शनिबार, असोज ५ गते २०८१    
images
images

ठेक्का लागेको १२ वर्षपछि विरिङ खोलामा बन्यो पक्की पुल

images
बिहीबार , असार २८ २०८०
images
images
ठेक्का लागेको १२ वर्षपछि विरिङ खोलामा बन्यो पक्की पुल

पुल बनेसँगै वर्षौँदेखि बर्सातका समयमा बाँसको टाँटीको पुल बनाएर खोला तर्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त भएका छन्।

images
images

झापा- हुलाकी सडकअन्तरगतको विरिङ खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ। सो पुल ठेक्का लागेको १२ वर्षपछि निर्माण सम्पन्न भएको हो। हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले पुल निर्माण भएसँगै सञ्चालनमा आएको बताए।

images
images
images

उनले खोलामा पानीको बहाव बढेर ‘डाइभर्सन’ बगाएपछि साना सवारी साधन चलाउने गरी पुल सञ्चालनमा आएको जानकारी दिए। पुल सञ्चालनसँगै जिल्लाका दक्षिणी क्षेत्रका बासिन्दा लाभान्वित बनेका छन्। वर्षौँदेखि बर्सातका समयमा बाँसको टाँटीको पुल बनाएर खोला तर्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त भएको उनको भनाइ छ। 

इन्जिनियर खतिवडाका अनुसार सो पुल तीन सय २४ मिटर लामो र सात मिटर चौडाइको छ। विसं २०६८ असार ३१ गते ठेक्का लागेको सो पुल २०७१ चैत १२ गतेदेखि सञ्चालनमा आउनुपर्ने थियो। ठेक्काको जिम्मेवारी लामा मैनाचुली जेभीले लिएको थियो। ठेकेदारको ढिलासुस्तीकै कारण छ पटक म्याद थप गर्दा बल्ल पुल निर्माण सम्पन्न भएको उनको भनाइ छ।

उनले सो पुल मूल्य अभिवृद्धि करसहित १५ करोड ५० लाख ५८ हजार रूपैयाँमा ठेकेदार कम्पनीले ठेक्कामा लिएको बताए। हुलाकी सडकमा पर्ने आठ पुलमध्ये कनकाई र रतुवा खोलाको मात्र निर्माण सकिन बाँकी रहेको उनले जानकारी दिए।

images

पूर्व-पश्चिम राजमार्गको विकल्पका रुपमा रहेको राष्ट्रिय गौरवको आयोजनाको यस राजमार्गको झापा खण्डको ४८ किलोमिटर सडक निर्माण भइसकेको छ। कनकाई, विरिङलगायतका खोलामा समयमै पुल निर्माण भइ नसक्दा सडक सञ्चालनमा आउन अझै सकेको छैन।

पूर्वमेचीदेखि पश्चिम महाकालीको गड्डाचौकीसम्म एक हजार छ सय मिटरको हुलाकी मार्ग निर्माणपछि तराई-मधेसका सर्वसधारणको जीवनस्तर उकास्न मद्दत पुग्ने देखिएको छ। सो सडक निर्माणलाई विभिन्न खण्डमा विभाजन गरेर काम गरिएको थियो। रासस


प्रकाशित : बिहीबार , असार २८ २०८००७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend