शनिबार, असोज ५ गते २०८१    
images
images

मोरङमा ६५ प्रतिशत रोपाइँ

images
बिहीबार , असार २८ २०८०
images
images
मोरङमा ६५ प्रतिशत रोपाइँ

मोरङमा ८३ हजार तीन सय हेक्टर जमिनमा धान लगाउने गरिएकामा हालसम्म ६५ प्रतिशत मात्र धान रोपाइँ भएको छ।

images
images
काठमाडौं- असार सकिनै लाग्दा मोरङमा ६५ प्रतिशत (५४ हजार एक सय ४५ हेक्टर जमिनमा) धान रोपाइँ भएको छ।
 
‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ देशैभर धान रोपाइँ भइरहेको छ। मोरङमा ८३ हजार तीन सय हेक्टर जमिनमा धान लगाउने गरिएकामा हालसम्म ६५ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख रामदेव सिंहले बताए। 
 
जिल्लाको १७ पालिकामध्ये रंगेली नगरपालिका, उर्लाबारी नगरपालिका र पथरी नगरपालिकामा ९० प्रतिशत, कटहरी गाँउपालिका, जहदा गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र कानेपोखरी गाउँपालिकामा ७० प्रतिशत रोपाइँ भएको छ।
 
यस्तै सुनवर्षी गाउँपालिका, धनपाल गाउँपालिका, रतुवामाई गाउँपालिका, लेटाङ नगरपालिका,  सुन्दरहरैँचा नगरपालिकामा ६० प्रतिशत, विराटनगर महानगरपालिका, बेलबारी नगरपालिका, ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकामा ५० प्रतिशत धान रोपाइँ भएको सिंहले जानकारी दिए। समयमा पानी नपर्नाले रोपाइँ ढिलो भएको हुनसक्ने उल्लेख गर्दै प्रमुख सिंहले केही दिनदेखि लगातार पानी परिरहेकाले रोपाइँ गर्न सहज भएको बताए। 
 
जिल्लामा धेरै मात्रामा रञ्जीत, राम, बिबी एघार, स्वर्णलगायत धान लगाउने गरिएको उक्त केन्द्रले जनाएको छ। गत वर्ष जिल्लामा ८२ हजार चार सय ६७ हेक्टर जमिनमा धान रोपाइँ भएकामा तीन लाख ३८ हजार एक सय १४ मेट्रिकटन धान उत्पादन भएको उक्त केन्दले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , असार २८ २०८००७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend