काठमाडौं- यो साता दुई दिन स्थिर रहेर बुधबार बढेको सुनचाँदीको मूल्य बिहीबार पनि वृद्धि भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेर फेरि १४ सय नाघेको छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ४ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला एक हजार चार सय ४० रूपैयाँ कायम छ।