सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

दैलेखमा सहुलियतको खाद्यान्न अभाव

images
बुधबार, असार २७ २०८०
images
images
दैलेखमा सहुलियतको खाद्यान्न अभाव

नेपालगञ्ज र राजापुरबाट आउनुपर्ने थप कोटाको चामलसमेत नआएका कारण दैलेखमा खाद्यान्न अभाव भएको हो।

images
images

दैलेख- यहाँ सहुलियतमा बिक्री गदै आएको खाद्यान्न अभाव भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा हाल तीन सय ३५ क्वीन्टल मात्रै खाद्यान्न स्टक छ। यो खाद्यान्न आपतकालीन अवस्थाका लागि र कारागारामा रहनेका लागि मात्रै भएको दैलेख शाखाका निमित्त शाखा प्रमुख रवीनकुमार रेग्मीले बताए।

images
images
images

यहाँका नौमूले, ठाँटीकाँध, चामुण्डा र बेस्तडा बिक्री केन्द्रमा समेत खाद्यान्न पुग्न सकेको छैन। दैलेखबाट बिक्री केन्द्रमा पुर्‍याउँदा लाग्ने ढुवानी पैसा कम भएको भन्दै बिक्री केन्द्रमा चामल पुर्‍याउने ठेकेदारहरुले आनाकानी गर्दै आएका छन्। 

images
images

साथै थप कोटाका लागि परिपत्र हुँदा पनि ढुवानी अनुदान नआएपछि समस्या देखिएको हो। दैलेखमा असारमा एक हजार पाँच सयदेखि दुई हजारसम्म क्वीन्टल खाद्यान्न आवश्यक पर्छ। असारमा केही परिमाण बिक्री गरी बाँकी चामल आगामी दसैँसम्म राख्नुपर्छ भएकाले चामलको परिमाण कम भएको छ।

images
images
images

नेपालगञ्ज र राजापुरबाट आउनुपर्ने थप कोटाको चामलसमेत नआएका कारण दैलेखमा खाद्यान्न अभाव भएको हो। खाद्य व्यवस्था तथा व्यापार लिमिटेड दैलेखमार्फत बिक्री गरिने सहुलियत चामल अन्यत्रको तुलनामा प्रतिक्वीन्टल सातसय रूपैयाँसम्म कम पर्छ। रासस


प्रकाशित : बुधबार, असार २७ २०८०१०:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend