शनिबार, असोज ५ गते २०८१    
images
images

३० करोड ६२ लाख लागतको सुविधासम्पन्न कोहलपुर बसपार्क साउनदेखि सञ्चालनमा आउने

images
बुधबार, असार २७ २०८०
images
images
३० करोड ६२ लाख लागतको सुविधासम्पन्न कोहलपुर बसपार्क साउनदेखि सञ्चालनमा आउने

तीन वर्षसम्म बसपार्क व्यवस्थापन गर्न वार्षिक ७१ लाख ७७ हजार सात सय ७७ रूपैयाँ तिर्ने गरी ठेक्कामा दिइएको छ। उक्त नयाँ बसपार्कमा बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्स लगायतका संरचना छन्।

images
images

जानकी- बाँकेको कोहलपुरमा नवनिर्मित अत्याधुनिक बसपार्क साउनको पहिलो हप्ताबाट सञ्चालनमा आउने भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक कार्यक्रमबीच उद्घाटन गरेपछि लामो दुरीमा सञ्चालन हुने बस उक्त बसपार्कबाट सञ्चालनमा आउने भएका हुन्।

images
images
images

३० करोड ६२ लाख सात हजार सात सय एक रूपैयाँको लागतमा निर्माण गरिएको उक्त नयाँ बसपार्क साउनको पहिलो सातादेखि सञ्चालनमा आउने कोहलपुर नगरपालिकाले जनाएको छ। नगरप्रमुख पूर्ण आर्चायका अनुसार बसपार्क निर्माणका लागि नगर विकास कोषले ६० प्रतिशत ऋण लगानी गरेको छ भने ४० प्रतिशत नगरपालिका आफैले लगानी गरेको छ। उनका अनुसार नगर विकास कोषलाई वार्षिक आठ प्रतिशत ब्याज तिर्नेगरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको छ।

तीन वर्षसम्म बसपार्क व्यवस्थापन गर्न वार्षिक ७१ लाख ७७ हजार सात सय ७७ रूपैयाँ तिर्ने गरी ठेक्कामा दिइएको छ। उक्त नयाँ बसपार्कमा बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्स लगायतका संरचना छन्। बसपार्कमा तीन प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्य चौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए।

बसपार्क उद्घाटन भए पनि बसपार्कको संरचनासँगै निर्माण गरिएको चारतले टर्मिनल भवनको भने ठेक्का लाग्न नसकेको प्रशासकीय अधिकृत ढकालले जानकारी दिए। टर्मिनल भवन ठेक्काका लागि पाँचौँ पटक बोलपत्र आह्वान गरिएको र बोलपत्र आह्वान गर्ने समय अझै बाँकी रहेको उनले बताए।

images

उक्त नयाँ बसपार्कमा २० लामो दुरीका बस, २२ मध्यम दुरीका सवारी साधन तथा गाडी र अटोसहित ७९ छोटो दुरीका सवारी साधन अट्ने क्षमता रहेको बसपार्कमा ५९ व्यावसायिक सटर, तीन ब्लकमा २७ शौचालय (तीन अपांगमैत्री), २४ टिकट काउन्टर, ग्यारेजसहित दुई विद्युतीय चार्जिङ सेन्टर, प्रहरी सुरक्षा कक्ष, स्तनपान कक्ष र धुम्रपान कक्ष निर्माण गरिएको छ।

पश्चिम नेपालकै सुविधा सम्पन्न सो बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रालि कोहलपुरले लिएको थियो। बागेश्वरी यातायात प्रालिले बसपार्क व्यवस्थापनसँगै प्रवेश, टिकट काउन्टर, शौचालय मर्मतसम्भार, ब्लक र पार्किङको व्यवस्थापनको जिम्मा लिएको छ। उक्त अत्याधुनिक नवनिर्मित बसपार्क शपिङ कम्प्लेक्ससहित निर्माण भएको छ। रासस


प्रकाशित : बुधबार, असार २७ २०८००८:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend