सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

कडीपत्ता बेचेर आम्दानी

images
बुधबार, असार २७ २०८०
images
images
कडीपत्ता बेचेर आम्दानी

चुरे भेगमा पर्ने भीमदत्त-९ को खल्ला, मुसेट्टी र टुँडिखेलका स्थानीयवासीको प्रमुख आम्दानीको स्रोत कडीपत्ता बनेको छ। कामका लागि विदेश वा अन्यत्र नगएका यहाँका स्थानीय कडीपत्ता बेचेरै गर्जो टार्ने गरेका छन्।

images
images

बेदकोट- कञ्चनपुरको भीमदत्त नगरपालिका-९ खल्लाका रंगे बुढा ७३ वर्षको भए। उनी डेढ दशकअघि डडेल्धुराबाट बसाइँ सरेर खल्ला झरेका थिए। जंगलमा पाइने कडीपत्ता बिक्री गरेर उनले जीविकोपार्जन गर्दै आइरहेका छन्।

images
images
images

'छोराहरु स्वदेशमा काम नपाएर विदेश गएका छन्, घरमा म एक्लै छुँ', उनले भने, 'खल्लामा बस्न थालेपछि यहाँको वनमा पाइने कडीपत्ता बेचेर जीवन निर्वाह गरिरहेको छु।' टुँडिखेलका लोकबहादुर थापाले पनि कडीपत्तालाई आम्दानीको स्रोत बनाएका छन्।

images
images

बस्ती नजिकैको वनबाट कडीपत्ता संकलन गरेर भारतमा बिक्री गर्ने उनले यसबाट मनग्य आम्दानी गर्छन्। 'कडीपत्ता संकलन गरेर भारतमा बिक्री गर्छौं, यो काम गर्न थालेको धेरै भयो', उनले भने, 'उब्जाउ हुने जमिन छैन, खेतीपाती हुँदैन, कडीपत्ता बेचेरै रासनको जोहो गर्नुपर्छ।'

images
images
images

चुरे भेगमा पर्ने भीमदत्त-९ को खल्ला, मुसेट्टी र टुँडिखेलका स्थानीयवासीको प्रमुख आम्दानीको स्रोत कडीपत्ता बनेको छ। कामका लागि विदेश वा अन्यत्र नगएका यहाँका स्थानीय कडीपत्ता बेचेरै गर्जो टार्ने गरेका छन्। उनीहरु सीमावर्ती भारतीय बजार टनकपुरमा कडीपत्ता बिक्री गर्छन्। कडीपत्ता बिक्री गरेर पाएको रकमले खाद्यान्न किनेर उनीहरु फर्किने गर्छन्।

कडीपत्ता सुगन्धित मसलालगायत प्रयोजनका लागि प्रयोग गर्ने गरिन्छ। भारतीय बजारमा कडीपत्ताको माग धेरै रहेको लोकबहादुर बताउँछन्। 'सिँचाइको सुविधा छैन, आकाशको पानीको भरमा खेती गर्नुपर्छ', उनले भने, 'छ महिना खानलाई पनि अन्न पुग्दैन, कडीपत्ता बेचेर रासन किन्छौँ।'

कडीपत्ता बिक्री गरेर मासिक १५ हजार रूपैयाँसम्म आम्दानी हुने गरेको स्थानीयवासी सुरेन्द्र कठायतले बताए। उनका अनुसार सुरुमा कडीपत्ता काटेर घाममा सुकाइन्छ र त्यसपछि पात छुट्याएर बिक्रीका लागि लैजाने गरिन्छ। '३५ रूपैयाँ भारु प्रतिकिलोका दरले पत्ता बिक्री हुन्छ, सुकाएर पत्ता छुट्याएपछि बोरामा राखिन्छ', उनले भने, 'एक बोरामा ३५/४० किलोसम्म अटाउँछ, काटेपछि पत्ता दुई पटकसम्म पलाउँछ।'

वनमा पाइने कडीपत्ताबाट आम्दानी हुन थालेपछि स्थानीयले खेतमा पनि रोप्न थालेका छन्। वनमा बेला-बेलामा हुने आगलागीले कडीपत्तालगायत जडीबुटी जलेर नोक्सान भइरहेको स्थानीय धौली पवित्रा बोहराले बताइन्। 'हामीसँग धेरै जडीबुटी छन्, तर चिन्न सकेका छैनौँ', उनले भनिन्, 'डढेलोले आम्दानीको स्रोत नोक्सान भइरहेको छ, समयमै स्रोतको पहिचान गरेर सदुपयोग गर्न सकिए राम्रो हुन्थ्यो।' रासस


प्रकाशित : बुधबार, असार २७ २०८००७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend