शनिबार, असोज ५ गते २०८१    
images
images

पर्साका सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगतफर्त ६९ प्रतिशत बजेट खर्च

images
बुधबार, असार २७ २०८०
images
images
पर्साका सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगतफर्त ६९ प्रतिशत बजेट खर्च

समयमा ठेक्का सम्झौता नहुनु, आर्थिक तरलताका कारण निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्नुजस्ता कारणले सरकारी कार्यालयको पुँजीगत खर्च घटेको हुनसक्ने कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख यज्ञराज उप्रेतीले जानकारी दिए।

images
images

वीरगञ्ज- चालु आर्थिक वर्ष २०७९/८० मा पर्साका सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगत ६९ प्रतिशत बजेट खर्च भएको छ।

images
images
images

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाले चालुतर्फ ९५ दशमलव २४ प्रतिशत र पुँजीगततर्फ ६९ दशमलव ५७ प्रतिशत बजेट निकासा लिएका छन्।

पर्सास्थित सरकारी कार्यालय तथा पालिकाको चालुतर्फ ११ अर्ब २६ करोड १९ लाख १४ हजार नौ सय ९६ मध्ये निकास हुने अन्तिम दिन असार २४ गतेसम्म १० अर्ब ७२ करोड ६४ लाख ३७ हजार छ सय १९ रूपैयाँ निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले जानकारी दिए।

यस्तै पुँजीतर्फ चार अर्ब ४१ करोड तीन लाख ८८ हजार चार सय ३८ मध्ये असार २४ गतेसम्म तीन अर्ब छ करोड ८५ लाख ९३ हजार ६४ रूपैयाँ निकासा भएको प्रमुख उप्रेतीले बताए।

images

वीरगञ्ज महानगरपालिकासहित जिल्लाका १४ वटै पालिकाको समानीकरण र सशर्त बजेट पाँच अर्ब ४४ करोड ५४ लाख ७९ हजारमध्ये असार २४ गतेसम्म पाँच अर्ब १८ करोड ६१ लाख २२ हजार नौ सय ५० रूपैयाँ निकासा भएको सो कार्यालयले जनाएको छ। यसरी हेर्दा चालु आर्थिक वर्षमा पर्साका स्थानीय तहहरूले २५ करोड ९३ लाख ५७ हजार रूपैयाँ बजेट खर्च गर्न नसकेको देखिन्छ।

वीरगञ्ज महानगरपालिकालाई चालु आर्थिक वर्षको लागि एक अर्ब ५२ करोड एक लाख ५८ हजार रकम छुट्याइएकामा असार २४ गतेसम्म एक अर्ब ४७ करोड छ लाख ९० हजार रूपैयाँ निकासा भएको छ। वीरगञ्ज महानगरको चार करोड ९४ लाख ६८ हजार रूपैयाँ खर्च गर्न नसकेको कोलेनिकाले जनाएको छ।

पर्साको पोखरिया नगरपालिकालाई उपलब्ध गराइएको ३६ करोड २२ लाख २९ हजार रूपैयाँमध्ये कोष तथा लेखा नियन्त्रण कार्यालयले ३४ करोड ३६ लाख १० हजार रूपैयाँ रकम निकासा गरेको छ। पोखरिया नगरपालिकाको यस आर्थिक वर्षमा एक करोड ८६ लाख १९ हजार रूपैयाँ खर्च गर्न सकेको छैन।

त्यसैगरी पर्सागढी नगरपालिकामा संघीय सरकारले उपलब्ध गराएको ३२ करोड ९४ लाख ९६ हजार रूपैयाँ वार्षिक बजेटमा ३१ करोड ३४ लाख ७१ हजार रूपैयाँ निकासा लिएको छ। पर्साको बहुदरमाई नगरपालिकाले संघीय सरकारबाट पाएको ३९ करोड ६१ लाख छ हजारमध्ये ३७ करोड ६८ लाख ८१ हजार रूपैयाँ निकासा लिएको प्रमुख उप्रेतीले जानकारी दिए।

पर्साको छिपरमाई गाउँपालिकामा संघीय सरकारले उपलब्ध गराएको २९ करोड १९ लाख ३२ हजारमध्ये २७ करोड ५२ लाख दुई हजार मात्र निकासा भएको छ भने जगरनाथपुर गाउँपालिकाको लागि यस आवमा पठाएको ३१ करोड ६६ लाख ९८ हजारमध्ये २९ करोड ८१ लाख ८० हजार रूपैयाँ निकासा भएको जनाएको छ।

धोविनी गाउँपालिकाले २३ करोड ९७ लाख ४३ हजारमध्ये २२ करोड ८९ लाख पाँच हजार रूपैयाँ निकासा लिएको छ भने पकाहामैनपुर गाउँपालिकामा संघीय सरकारले पठाएको २२ करोड ३४ लाख २५ हजारमध्ये २१ करोड १६ लाख ६२ हजार रूपैयाँ मात्र निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। पटेर्वासुगौली गाउँपालिकाले २९ करोड तीन लाख ६५ हजार रकममध्ये २८ करोड ६२ लाख ९० हजार रूपैयाँ खर्च गरेको छ।

विन्दवासिनी गाउँपालिकाले २५ करोड ३९ लाख ७९ हजारमध्ये २४ करोड ३३ लाख ३४ हजार रूपैयाँ निकासा लिएको छ भने सखुवाप्रसौनी गाउँपालिकाको ३५ करोड ३८ लाख २४ हजारमध्ये ३३ करोड ४८ लाख १६ हजार निकासा भएको प्रमुख उप्रेतीले जानकारी दिए।

कालिकामाई गाउँपालिकामा संघीय सरकारले दिएको २४ करोड १५ लाख ३९ हजार रकममध्ये २२ करोड ९६ लाख ५४ हजार निकासा लिएको छ भने जीराभवानी गाउँपालिकाले २७ करोड ४५ लाख २० हजार वार्षिक बजेटमध्ये २४ करोड २५ हजार रूपैयाँ मात्र खर्च गर्न सकेको जनाएको छ। जिल्लाको पर्यटकीय नगरीका रूपमा परिचित ठोरी गाउँपालिकाले भने ३४ करोड २५ लाख ६५ हजारमध्ये ३३ करोड ३३ लाख ४० हजार रूपैयाँ निकासा लिएको कोलेनिकाले जनाएको छ।

समयमा ठेक्का सम्झौता नहुनु, आर्थिक तरलताका कारण निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्नुजस्ता कारणले सरकारी कार्यालयको पुँजीगत खर्च घटेको हुनसक्ने प्रमुख उप्रेतीको भनाइ छ। रासस


प्रकाशित : बुधबार, असार २७ २०८००६:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend