शनिबार, असोज ५ गते २०८१    
images
images

केबलकार सर्किट पर्यटनमा नयाँ आयाम : अध्यक्ष ढकाल

images
मंगलबार, असार २६ २०८०
images
images
केबलकार सर्किट पर्यटनमा नयाँ आयाम : अध्यक्ष ढकाल
images
images

बुटवल- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सर्किट पर्यटन क्षेत्रमा नयाँ आयाम हुने बताएका छन्। 

images
images
images

लुम्बिनी केबलकार लिमिटडले पाल्पाको वसन्तपुरमा गरेको भारतीय पत्रकारसँगको सात्क्षातकारमा ढकालले नेपालमा एक पछि अर्को केबलकारहरु सञ्चालनमा आएकाले अब बुद्धिष्ट सर्किट, रामायण सर्किट जस्तै केबलकार सर्किट पनि नेपालको पर्यटन प्रवर्नद्धनमा नौलो प्याकेज हुने बताका हुन्। 

नेपालको समृद्धिको मुख्य आधार पर्यटन भएकाले यसमा लगानी गरे दुवै देशका लगानीकर्ताले राम्रो प्रतिफल पाउने ढकालले बताए। 

आईएमई ग्रुपको अगुवाइमा अबको ५ वर्षमा पाँचतारे होटेलसहितका थप ४ वटा केबलकार निर्माण गरी सातवटै प्रदेशमा केबलकार सञ्जाल विस्तार गर्ने लक्ष्य रहेको ढकालको भनाइ छ। नेपालमा सयौँ हिल्स एरिया रहेका र त्यहाँ केबलकारलगायत पर्यटकीय पूर्वाधार बनाउन सके भारतीय नागरिक रमाउन आउने सम्भावना रहेको ढकालले बताए। 

images

कुल ५ अर्ब लागतको २.६ किलोमिटर लामो लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो। बुटवलको बमघाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा टप स्टेसन छ। 

टप स्टेसनमा कामाख्यादेवी सहित सय वर्ष पुरानो भगवती मन्दिर, शिव वाहन नन्दीलगायतका धार्मिक संरचनाहरु छन्। 

लुम्बिनी केबलकार बेलहिया नाका र बुद्ध जन्मस्थल लुम्बिनी नजिकै रहेकाले पाल्पा वसन्तपुरको मनोरम प्राकृतिक भूगोल, कामाख्या देवीको मन्दिर दर्शनका लागि भारतीय नागरिक आकर्षित हुने गरेको ढकालले बताए। 

अध्यक्ष ढकालले पर्यटन, जलविद्युत, खानी र खनिज पदार्थ, कृषि जस्ता क्षेत्रहरुमा भारतीयसँग संयुक्त लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिने समेत औँल्याए। 

भारतीय पर्यटकहरुलाई नेपाल आगमनका क्रममा सीमा नाकामा गरिने व्यवहार सम्मानजनक हुनुपर्ने र प्रशासनिक झन्झटलाई सहज बनाइनुपर्ने अध्यक्ष ढकालले आग्रह गरे। 

सञ्चालनमा आएको एक महिनामै लुम्बिनी केबलकारमा चढ्ने कुल संख्या मध्ये ४० प्रतिशत भारतीय नागरिक भएको उल्लेख गर्दै अध्यक्ष ढकालले निकट भविष्यमै बेलहियाबाट बुटवल गोलपार्कसम्म सटल बसहरु सञ्चालनमा ल्याउने योजना रहेको बताए। केबलकारको टप स्टेसनमा रहेको कामाख्यादेवी, सय वर्ष पुरानो भगवती मन्दिरको दर्शका लागि नेपालीसँगै भारतीय नागरिकको आकर्षण रहेको उनको भनाइ छ। 

लुम्बिनी केलबकारको टप स्टेसनमा भारतीयलाई लक्षित गरी क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हल र एक सय ५० कोठा सहितको पाँचतारे होटेल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको अपरेसन म्यानेजर डीएन कायस्थले बताए। 

कार्यक्रममा सहभागीहरूले पनि लुम्बिनीमा बनेको केबलकारले यस क्षेत्रको पर्यटनमा ठूलो योगदान पुर्याउने बताएका थिए।


प्रकाशित : मंगलबार, असार २६ २०८०१६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend