सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

शुक्रबारदेखि लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार

images
मंगलबार, असार २६ २०८०
images
images
शुक्रबारदेखि लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार

यी दुवै बैंक एकापसमा मर्जरमा जान गत पुस २५ गते प्रारम्भिक सम्झौता गरेका थिए।

images
images

काठमाडौं- सनराइज बैंक र लक्ष्मी बैंकको एकीकृत कारोबार शुक्रबारदेखि सुरु हुने भएको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएसँगै मर्जरमा गएका दुई बैंकले 'लक्ष्मी सनराइज बैंक'को नामबाट असार २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेका हुन्।

images
images

नेपाल राष्ट्र बैंकले मर्जरमा जाने वाणिज्य बैंकहरुलाई थप सुविधा दिने गरी निर्देशन जारी गरेको थियो। राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा सुविधा दिनेगरी परिपत्र गरेको हो।

images
images
images

सनराइजको तर्फबाट सञ्चालक बन्ने भनेका मोतीलाल दुगड (हालका अध्यक्ष) नयाँ बनेको सञ्चालक समितिबाट हटाएपछि राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको हो। राष्ट्र बैंकले दुगडले लक्ष्मी बैंकबाट करिब ३ अर्ब रूपैयाँ कर्जा लिएकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार सञ्चालक बन्न नमिल्ने जनाएको थियो। सनराइजले उनको नाम हटाएर नयाँ नाम प्रस्ताव गरेसँगै अन्तिम स्वीकृति पाएको हो।

मर्जपछि लक्ष्मी बैंकको तर्फबाट ४ जना र सनराइजको तर्फबाट ३ जना रहनेछन्। लक्ष्मी बैंकको तर्फबाट रमण नेपाल ९बैंकका हालका अध्यक्ष०, डा। मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने भएका हुन्। यता, बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक रहनेछन्। यद्यपि, मर्जपछिको पहिलो साधारण सभासम्मका लागि उनीहरु सञ्चालक रहनेछन्।

मर्जपश्चात् बन्ने नयाँ बैंकमा हालका लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयबहादुर शाह हुनेछन्। लक्ष्मी र सनराइज बैंक समान हैसियत अर्थात १ः१ को अनुपातमा मर्जरमा जाने सम्झौता गरेका थिए। लक्ष्मी र सनराइज बैंक मर्जपछिको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रूपैयाँ पुग्नेछ। यी दुवै बैंक एकापसमा मर्जरमा जान गत पुस २५ गते प्रारम्भिक सम्झौता गरेका थिए।


प्रकाशित : मंगलबार, असार २६ २०८०११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend