शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

भी टु भी मोडल : कोभिडपछि पर्यटनमा पहिलो पाइला

images
images
images
भी टु भी मोडल : कोभिडपछि पर्यटनमा पहिलो पाइला

गएको डेढ वर्षदेखि कोभिड महामारीका कारणले बन्दाबन्दीमा खुम्चिएको हाम्रो समाज र अर्थतन्त्र सुरक्षाका उपायहरू अपनाउँदै र अंगाल्दै पुनः सुरु गर्नेबेला भएको छ। 

images
images

गएको डेढ वर्षदेखि कोभिड महामारीका कारणले बन्दाबन्दीमा खुम्चिएको हाम्रो समाज र अर्थतन्त्र सुरक्षाका उपायहरू अपनाउँदै र अंगाल्दै पुनः सुरु गर्नेबेला भएको छ। 

images
images
images

सुरुवाती दिनमा अत्यधिक रहेको कोभिड १९ बारेको मानसिक डरत्रासको स्तर पछिल्ला दिनमा धेरै तल झरेको छ जतासुकै।

images

जानकारहरूका अध्ययन प्रतिवेदनअनुसार विगतमा पनि प्रायजसो सबै महामारी प्रतिको सुरुवाती चरणको त्रास, त्यसपछि सृजना हुने जटिलता र त्यसबाट खोज्न थालिने सहजताको चक्र प्राय उस्तै रहने गरेको थियो। सार्स, इबोला, स्वाइन फ्लू, एड्स जस्ता सरुवा र संक्रामक रोगहरुको विकास, विस्तार र व्यवस्थापनको चक्र हेर्दा पनि यस्तै देखिन्छ।

images
deepak raj joshi.jpg
दीपक राज जोशी

जस्तै उत्पत्तिको सुरुवाति अवस्थामा अत्यन्त धेरै डर रहने, त्यसपछि मान्छेको चहलपहलमा नियन्त्रण र बन्दाबन्दी गरिने, फलस्वरुप बेरोजगारी बढ्ने र आर्थिक मन्दि देखिने, त्यहीबीच महामारीको निर्मूलीकरण वा नियन्त्रणका लागि भ्याक्सिन वा औषधि उपचारको विकास गर्र्दे वितरण थालिने, जोखिम न्यून गर्न आधारभूत जनचेतनाका कार्यक्रमहरु चलाइने, जीवन/व्यवसाय र जीविकोपार्जन बचाउनका लागि राहतका कार्यक्रम ल्याइने, र सुरक्षाका मापदण्ड अपनाई पेशा/उद्यम र व्यवसाय पुनः सञ्चालन हुनसक्ने वातावरण बनाउँदै सामाजिक आर्थिक गतिविधिहरुलाई चलायमान बनाउने।  

images
images

विगतका कतिपय महामारी निर्मुल पार्ने खोप वा औषधि अझै पनि आइसकेका छैनन्। तथापी हामी त्यसको त्रासमा छैनौं। धेरैले बिर्सिसकेका छौं र त्यो आम चासोको विषय पनि रहेको छैन। कोभिड महामारी पनि यहि चक्रमा हिँड्दैछ। खुसीको कुरा के छ भने अघिल्ला महामारी भन्दा यसपाली भ्याक्सिनको विकास र वितरण छिट्टै हुन सकेको छ।  

यस अवधिमा खोप लाउने कार्यलाई तीव्रता (भ्याक्सिनेसन) दिँदै, संक्रमितहरुको यथाशिघ्र पहिचान र उपचारको व्यवस्था (कन्ट्याक्ट ट्रेसिङ तथा ट्रिटमेन्ट) गर्दै, र संक्रमण फैलिन नदिन व्यापक तालिम तथा जन चेतना (म्यासिभ अवरनेस)का कार्यक्रमहरु नियमित रुपमा गर्दै जिविका, पेशा, उद्यम, उद्योग र व्यवसाय केही ठाउँहरुमा पुनः सुरु गरि सकिएको छ। यो अवधारणा थुपै्र अरु देशहरुमा पनि अपनाईंदै छ। यहि सेरोफेरोमा विश्वका धेरै देशले आन्तरिक तथा बाह्य रुपमा आवतजावत गर्नका लागि वातावरण सहज बनाउँदै छन्। वर्तमान महामारीको प्रभाव विभिन्न नयाँ रुपहरुमा बढी नै रहँदा पनि। 

मानव जातीका लागि स्वास्थ्यको पाटो जति महत्वपूर्ण हो त्यतीकै महत्वपूर्ण सामाजिक र आर्थिक पाटो पनि हो। आवतजावत समेत त्रासपूर्ण र नियन्त्रित भएको अवस्थामा यस्को प्रभाव शतकौंमा देखिएका संकटहरु मध्ये सबैभन्दा बढी छ। र ठूलो मार पर्यटन उद्योगमा नै परेको छ जुन एक ठाउँबाट अर्को ठाउँमा ट्राभल गर्दा गरिने गतिविधिहरुले सृजित हुने अर्थतन्त्र हो। नयाँ संविधानको अभ्यास सँगै अपेक्षा गरिएको राजनैतिक स्थिरता, देशमा बढ्दो आर्थिक विकासमुखी सोच र मानसिक्ता, २० लाख पर्यटन भित्र्याउने लक्ष्यसहित घोषित भ्रमण वर्ष २०२०, सुध्रिदै गएको र विस्तार हँदै गएको पूर्वाधारका कारण यस क्षेत्रमा ठूलो मात्रामा लगानी बढी रहेको अवस्था थियो। 

तर यहि महामारीका कारण होटल, रिजोर्ट, ट्राभल, ट्रेकिङ, र्‍याफ्टिङ, एअरलाइन्स, यातायात, हस्तकला तथा उपहार सामग्री, रेस्टुरेन्ट जस्ता पर्यटन क्षेत्रबाट प्रत्यक्ष रुपमा हुने ७५ अर्बभन्दा  बढीको आय गुमिरहेको छ। सन् २०१९ को तुलनामा २०२० मा आउने पर्यटक आगमन संख्यामा ८१ प्रतिशतले गिरावट आएको छ। प्रत्यक्ष, अप्रत्यक्ष र यसको प्रत्यक्ष सप्लाई चेन गरी पर्यटन क्षेत्रमा सृजित करीब १० लाख जनशक्तिको रोजगार संकटमा छ। ४ खर्बभन्दा बढीको बैंक तथा वित्तिय क्षेत्रको मात्रै लगानी रहेको पर्यटन क्षेत्र निकै जोखिममा छ। २५ प्रतिशत भन्दा बढी पर्यटन व्यवासाय तथा उद्यमहरु फेरी कहिल्यै पुनर्जीवित नहुने गरी बन्द भएका छन्।

माहामारीले महासंकट त ल्याएको छ तर वास्तवमा हरेक संकटले नयाँ अवसर पनि ल्याएको हुन्छ। संकटका बेला धेरैले हार मान्छन् र हराउँछन्। केहीले बाँच्ने उपाय खोज्छन र आफूलाई बचाउँछन्। र केहीले बाँच्ने प्रयासका साथै नयाँ अवसर खोज्न लाग्छन् र संकटलाई जितेर नयाँ सामाजिक आर्थिक साम्राज्य खडा गर्छन्। तसर्थ अब संकटग्रस्त अवस्थाबाट यथाशिघ्र सामाजिक–आर्थिक पुनरुत्थान तर्फ लैजाने बाटो कोर्ने बेला हो यो। सावधानी नअपनाउने, संकटबाट उन्मुक्तिका लागि उचित र यथेष्ट प्रयासहरु नगर्ने तर संधै डरायरमात्रै र एकले अर्कालाई दोषारोपण गरेर मात्रै बस्नु सहि बाटो होइन। आशा मात्रै गरेर बस्नु फलदायी रणनीति होइन पनि। 

नेपाल सरकारबाट निजी क्षेत्रको सहकार्यमा पर्यटनका महत्वपूर्ण क्षेत्रका लागि एक सुरक्षा प्रोटोकल सार्वजनिक भैसकेकोे छ।  आन्तरिक र अन्तर्राष्ट्रिय आवागमन पनि चलायमान हुन थालिसकेको छ। अब पर्यटन बचाउन (सर्भाइभल), फर्काउन (रिभाइभल), र फैलाउन (थ्राइभल) का लागि  कम्तीमा ३ वर्षे रणनीतिका साथ अझ बढी एकतावद्ध भएर थप सक्रियताका साथ हिडनुपर्ने हुन्छ।  

पर्यटन उद्योगलाई बचाउन र फेरी पुरानै लयमा फर्काउन गर्नु पर्ने कामहरुको सूची लामै हुन सक्दछ। सबै कामहरु एकै पल्ट सुरु गर्न र सम्पन्न गर्न सम्भव पनि छैन। तसर्थ हाललाई पहिलो पाइला स्वरुप निम्नकार्यहरु उच्च प्राथमिकताका साथ गर्नसक्दा हाम्रो पर्यटन छिट्टै पुनरुत्थान हुन सक्नेछ। 

१) सबै पर्यटनकर्मी र मुख्य गन्तव्यका बासिन्दाहरुले भ्याक्सिन लगाइसकेको सकारात्मक सन्देशको प्रसार गर्ने र पूर्ण भ्याक्सिन लगाइसकेका यात्रीलाई बिना क्वारेन्टाइन सहज र सुरक्षित प्रवेश दिने विश्वका अन्य कम विकसित तथा विकासोन्मुख देशहरुको तुलनामा नेपालमा भ्याक्सिनको प्राप्तता र वितरण सन्तोषजनक नै छ। आगामी आश्विन महिनासम्ममा कुल जनसंख्याको करीब ४० प्रतिशत र चैत्रसम्ममा शतप्रतिशत नेपालीका लागि खोपको उपलब्धता भइ सक्ने योजना सार्वजनिक भएको छ। सगरमाथा तथा अन्नपूर्ण क्षेत्र जस्ता नेपालका मुख्य पर्यटकीय गन्तव्यहरु अवस्थित हिमाली जिल्लाहरुमा प्राय सबैले भ्याक्सिन लगाइसकेका छन्। काठमाडौ, पोखरा, चितवन, लुम्बिनी, नगरकोट, धुलिखेल, बर्दिया, धरानजस्ता गन्तव्यहरुमा पर्यटकीय सेवा प्रदान गर्ने प्राय सबै जसो पर्यटनकर्मीहरुले पनि खोप लगाइसकेका छन्। यस अवस्थामा हाल छुटेका केही पर्यटनकर्मीलाई  प्राथमिकुताका साथ भ्याक्सिन लगाउने व्यवस्था गर्दै नेपालको समग्र पर्यटन क्षेत्र भ्याक्सिनयुक्त भैसकेको घोषणा गरी यस्तो सन्देश स्रोत बजारमा व्यापक रुपमा सम्प्रेषण गर्ने। 

पर्यटकहरु सुखद अनुभूति प्राप्त गर्नका लागि आफूभन्दा टाढाका गन्तव्यहरु छनौट गर्र्दै भ्रमणमा निस्कने गर्दछन्। गन्तवय प्रवेश गर्दा वा घुमघाम गर्दा झन्झटिला व्यवस्थाहरुले पर्यटकलाई निरुत्साहित गर्दछ। आफ्नो व्यस्त दिनचर्याबाट सीमित समय बचाएर सीमित अवधिका लागि घुम्न आउने पर्यटकलाई सात दिनसम्म अनिवार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्था पर्यटन पुनः सुरु गर्नका लागि सबैभन्दा बाधक छ। जबकी विश्वव्यापी रुपमा एक जना पर्यटकको औषत बसाई मात्रै ८ दिन रहेको छ। तसर्थ पूर्ण भ्याक्सिन लगाइसकेकालाई बिना क्वारेन्टाइन प्रवेश र अन–अराइभल भिसा दिने व्यवस्था यथाशिघ्र गरिनु पर्दछ। भ्याक्सिन नलगाइसकेकालाई पीसीआर नेगेटिभ रिपोर्टका आधारमा बिना क्वारेन्टिन प्रवेश दिने। विश्वव्यापी रुपमा समेत यहि व्यवस्था अभ्यासमा ल्याइएको छ र सुरक्षित पनि ठानिएको छ। मालदिभ्स, श्रीलंका, दुबई, टर्की, इजरायल, मेक्सिको, सेसेल्स, संयुक्त राज्य अमेरिका, तथा युरोपेली मुुलुकहरुले यसरी नै पर्यटन सुरु गरेका छन्। यसो गर्दा २०२१ अक्टोबरबाट केही मात्रामा पर्यटकहरु आउने सम्भावना रहन्छ। 

२) सुरक्षित यात्रा कोरिडोरको पहिचान र प्रचार : सम्पूर्ण नेपालीले भ्याक्सिन नलगाउँदासम्म पर्यटकहरु घुम्नका लागि विश्वस्त नहुन सक्दछन्। सरकारी योजनाका अनुसार सबै नेपाली भ्याक्सिनयुक्त हुन २०७८ चैतसम्म कुर्नु पर्नेछ। तसर्थ, हाललाई पर्यटकहरु घुम्न सक्ने सुरक्षित कोरिडोरहरु पहिचान गरि प्रचारित गर्दा त्यसले पर्यटकहरुका लागि नेपाल यात्रा थप विश्वसनीय बनाउने छ भने पर्यटकको सुरक्षाका लागि नेपालले देखाएको सहृदयी चासो र संवेदनशीलता पनि झल्किने छ। हाललाई भ्याक्सिन लगाई सकेका सेवा प्रदायक रहेको र अन्य सुरक्षाका मापदण्डहरु पालना गरिरहेको होटल, रिजोर्ट, रेस्टुरेन्ट, विमानसेवा, सम्पदास्थल, यातायाता, तथा अन्य घुमघामका क्षेत्रहरुको पहिचान र त्यसको नियमित अनुगमन हुने संयन्त्रको व्यवस्था, स्थानियले समेत भ्याक्सिन लगाइसकेका गन्तव्यहरु, भ्याक्सिन लगाइसकिएका अग्रपंक्तिका सेवा प्रदायक जनशक्ति रहेका मुख्य पर्यटकीय क्षेत्रहरु समावेश गरि एक सुरक्षित कोरिडोरको पहिचान तथा नक्साकन गर्ने र त्यसको नियमित परिक्षण गर्देै सहज रुपमा चहलपहल गर्न दिने। 

हाललाई भ्याक्सिन नलगाएका समुदायहरुमा घुमफिर गर्न प्रोत्सहित नगर्ने। एउटा पर्यटक विमानस्थलमा आइसकेपछि सुरक्षाका मापदण्डहरु पालना गरिएका सवारीसाधन र पूर्ण रुपमा भ्याक्सिन लगाइ सकेका सेवा प्रदायक मार्फत मापदण्ड पालना गरिएको होटल रिजोर्टमा बस्ने,  सुरक्षा अडिट गरिएका गन्तव्यहरुमा घुम्न जाने र त्यसरी नै सुरक्षित कोरिडारबाटै फर्किने व्यवस्था गर्न सकिन्छ।  नेपालका मुख्य पर्यटकिय आकर्षणहरु खासगरी पर्वतीय, प्राकृति, साहसिक र वन्यजन्तु सम्बन्धि पर्यटकीय गतिविधिहरु यस कोरिडोर भित्रै रहनेछन्। 

यसरी गरिएको व्यवस्थाका बारेमा एउटा ड्यासबोर्ड र इन्फोग्राफिक भिडियो सामग्री बनाई मुख्य स्रोत बजारका सरोकारवाला, सञ्चार क्षेत्र, गैरआवासिय नेपाली संघ र नेपाली डायस्पोरा, दुतावास मार्फत यथाशिघ्र सम्पे्रषित गर्ने जसले नेपालको सक्रियता र तैयारीका बारेमा सकारात्मक सन्देश दिनेछ र नेपाल भ्रमण गर्ने प्रेरित गर्नेछ। 

३) भी टु भी पर्यटन सेवा सुरु गर्ने : भ्याक्सिन लगाइसकेकाहरुलाई भ्याक्सिन लगाइसकेकाहरुले सेवा प्रदान गर्न मिल्ने गरी पर्यटकीय गतिविधहरु अनुभुत गर्न र उपभोग गर्न तत्कालै सहजता दिने। स्वेदेशी तथा विदेशी दुबै खाले पर्यटकहरुका हकमा यो व्यवस्था स्थानीय सरकार, समुदाय तथा सरोकारवालाहरुको समन्वयमा सथानीय तहमा पनि लागु गर्न सकिन्छ। भी-टु-भी पर्यटनको नेपालले लागु गर्ने यो नमुना विश्वका अन्य देशहरुमा पर्यटन पुनः सुरु गर्नका लागि पनि प्रेरणादायी हुन सक्नेछ। 

(लेखक विश्व पर्यटन सन्जालका संस्थापक कार्यकारी सदस्य हुन्।)

images

प्रकाशित : सोमबार, भदौ २१ २०७८०४:२४
  • सम्बन्धित विषय:

  • # पर्यटन


  • प्रतिक्रिया दिनुहोस