शनिबार, असोज ५ गते २०८१    
images
images

फस्टाउँदो ओखर व्यापार, व्यावसायिक खेती नहुँदा आयातमै निर्भर

वार्षिक एक अर्ब रूपैयाँको ओखर आयात

images
बुधबार, असार २७ २०८०
images
images
फस्टाउँदो ओखर व्यापार, व्यावसायिक खेती नहुँदा आयातमै निर्भर

ओखरको माग बढेसँगै बजार मूल्यसमेत बढेको छ। बजारमा अहिले ओखरको मूल्य प्रतिकिलो ६ सय रुपैयाँभन्दा बढी रहेको छ।  

images
images

काठमाडौं- ओखरको व्यापार फस्टाउँदो छ। विगत केही वर्षदेखि एक अर्ब रूपैयाँको हाराहारीमा ओखर आयात भइरहेको छ। तर नेपालमा भने ओखरको व्यावसायिक खेती छैन। नेपालमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा केही मात्रामा ओखर उत्पादन भइरहे पनि त्यहाँ व्यावसायिक खेती भने छैन।

images
images
images

कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा स्थानीय तहले ओखर खेतीका लागि केही अनुदान तथा सहयोग गर्न थालेका छन्। ओखर खानका लागि मात्रै नभइ पूजाआजामा समेत प्रयोग हुन्छ। हिन्दु धर्मावलम्बीको विशेष पर्व तिहारको भाइटीकामा त ओखर अत्यावश्यक नै मानिन्छ।

पछिल्लो समय नेपालमा ओखर खाने चलन पनि बढेको छ। त्यसमा पनि कोरोना महामहारीपछि ओखर खाने नेपालीको संख्या बढेको तथ्यांकबाट पुष्टि हुन्छ। ओखरको बजार माग अस्वभाविक रुपमा बढेको नेपाल चेम्बर अफ कमर्सका आपूर्ति सभापति देवेन्द्र भट्ट श्रेष्ठ बताउँछन्। ओखर खाँदा शारीरिक स्वास्थ्यमा फाइदा हुने विषयहरू आइरहेकाले पनि आयात बढिरहेको उनको भनाइ छ। ओखरमा प्रशस्त मात्रामा फाइबर हुने, जसले पाचन क्रियालाई बलियो बनाउने विश्वास गरिन्छ। ओखरमा 'भिटामिन ई' पाइन्छ। 

स्वास्थ्यका हिसाबले ओखरका विभिन्न फाइदाहरू हुने विषय सञ्चार माध्यममा आइरहेकाले पनि ओखरको बजार माग बढेको श्रेष्ठ बताउँछन्। ओखरको माग बढेसँगै बजार मूल्यसमेत बढेको छ। बजारमा अहिले ओखरको मूल्य प्रतिकिलो ६ सय रुपैयाँभन्दा बढी रहेको छ।  

images

नेपालको बजार मागअनुसार उत्पादन नभएका कारण ओखर भारत, अमेरिका, चीनलगायतका देशरुबाट आयात भइरहेको छ।

नेपालले २०७१/०७२ मा २ करोड ३२ लाख ९९ हजार रुपैयाँ बराबरको २ लाख १९ हजार ३ सय ७४ किलो ओखरा आयात गरेको थियो। आयात निरन्तर रुपमा बढिरहेको छ। चालु आवकै ११ महिनामा नेपालले ८३ करोड ३८ लाख ३७ हजार रुपैयाँ बराबरको २५ लाख ६१ हजार १ सय २१ किलो ओखरा आयात गरिसकेको छ।

नेपालले पछिल्लो ९ वर्षमा १ करोड ३० लाख ८१ हजार ५ सय २९ किलो ओखर आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। ९ वर्षकै अवधिमा ३ अर्ब ९२ करोड ३६ लाख १९ हजार रुपैयाँ बराबरको ओखर आयात भएको देखिन्छ। नेपालले सबैभन्दा बढी ओखर कोरोना फैलिएको समयमा आयात गरेको छ। नेपालले आर्थिक वर्ष २०७७/०७८ मै सबैभन्दा बढी १ अर्ब ५ करोढ ९७ लाख रुपैयाँ बराबरको ३५ लाख ७९ हजार ८ सय ३७ किलो ओखर आयात गरेको छ।

ओखर आयातमा कुन वर्ष कति रकम विदेशियो?

ओखर क.jpg

कुन वर्ष कति ओखर आयात?

ओखर.jpg


प्रकाशित : बुधबार, असार २७ २०८००६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend