सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

ललिता निवास प्रकरण : मालपोत कार्यालयका तत्कालीन नासु र खरिदार पक्राउ

images
मंगलबार, असार २६ २०८०
images
images
ललिता निवास प्रकरण : मालपोत कार्यालयका तत्कालीन नासु र खरिदार पक्राउ

मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणराज मिश्रलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

images
images

काठमाडौं- ललिता निवासको जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। 

images
images
images

मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणराज मिश्रलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने कार्यमा भूमिका देखिएपछि मिश्र र पौडेल पनि अनुसन्धानमा तानिएका हुन्।

images
images

यस प्रकरणमा यसअघि नै १२ जना पक्राउ परिसकेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन सरकारी कर्मचारी धर्मप्रसाद गौतम, गोपाल कार्की, वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की, मोही बाबुराम महर्जन, तत्कालीन नायब सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जनलगायत पक्राउ परेका हुन्।

images
images
images

ललिता निवासको जग्गा हिनामिना भएको विषयमा डेढ वर्षअघि नै सीआईबीले अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले अनुसन्धान पूर्ण नभएको र थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेको थियो। २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चारपटक सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको सीआईबीको अनुसन्धानले देखाएको थियो।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा एक भूतपूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामा नै छ। बालुवाटारस्थित बहुमूल्य जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।


प्रकाशित : मंगलबार, असार २६ २०८००७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend