सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

सडक व्यापारीहरूसँग अभद्र व्यवहार गर्ने १२ जना नगर प्रहरीलाई कामपाले गर्‍यो कारबाही

images
मंगलबार, असार २६ २०८०
images
images
सडक व्यापारीहरूसँग अभद्र व्यवहार गर्ने १२ जना नगर प्रहरीलाई कामपाले गर्‍यो कारबाही

स्थायी सेवामा रहेका पाँच जनालाई निलम्बन गरिएको छ भने करारमा रहेका सात नगर प्रहरीलाई जागिरबाट हटाइएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने १२ जना नगर प्रहरीलाई कारबाही गरेको छ।

images
images
images

स्थायी सेवामा रहेका पाँच जनालाई निलम्बन गरिएको छ भने करारमा रहेका सात नगर प्रहरीलाई जागिरबाट हटाइएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।

images
images

‘अमानवीय व्यवहार देखिएपछि हामीले यसअघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौँ। हामीले अभद्र व्यवहार नगर्न भनेका छौँ। यसका साथै जनस्तरका आएका गुनासाहरुको अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारवाही गर्ने गरेका छौँ ।’ पाण्डेको भनाइ छ । 

images
images
images

यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरण सम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ । 


प्रकाशित : मंगलबार, असार २६ २०८००६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend