सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

युट्युब र टिकटक हेर्दै सीप सिक्दै महिला

images
मंगलबार, असार २६ २०८०
images
images
युट्युब र टिकटक हेर्दै सीप सिक्दै महिला

विगतका मानिसले विभिन्न सीप सिक्न निश्चित तोकेको ठाउँमा जानुपर्थ्यो। तोकिएको ठाउँमा गएर, शुल्क तिरेर सीप सिक्नुपर्ने बाध्यता थियो। तर पछिल्लो समय परिस्थिति बदलिएको छ। इच्छा भएकाहरू सामाजिक सञ्जाल तथा युट्युबको सहायताले सीप सिकिरहेका छन्।

images
images

टीकापुर- कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन्। महिलाले मोबाइलको सहायताले टिकटक तथा युट्युब हेरेर सीप सिकेर व्यवसायी बनेका छन्। टीकापुरकी पुष्पा पाण्डेले टिकटक र युट्युबको सहायताले सीप सिकेर टीकापुरमै व्यवसाय सुरू गरेकी छिन्। 

images
images
images

पेसाले स्वास्थ्यकर्मी पुष्पाले टीकापुरमा चुरा, पोते र विवाहका लागि आवश्यक सामान उत्पादन थालेकी हुन्। 'मैले टिकटकबाट धेरै सीप सिकेँ, नजानेको कुरा युट्युबको सहायता पनि लिन्छु', उनले भनिन्, 'मैले विवाहको बरमाला, विवाहका लागि चाहिने दुलाहा, दुलहीका सबै सामान तयार गर्न थालेकी छु। मैले सबै सीप सामाजिक सञ्जालको सहयोगमा सिकेकी हुँ, अहिले पनि नयाँ डिजाइन देखेमा युट्युब तथा टिकटकमा हेरेर सिक्छु।'

images
images

सिलाइबुनाइमा इच्छाशक्ति भएकी पुष्पा टीकापुर अस्पतालमा कार्यरत छिन्। साँझ बिहानको समयमा सामान उत्पादन गर्ने पुष्पाको व्यवसाय पनि राम्रै चलिरहेको उनको भनाइ छ। 'बिक्री पनि फेसबुक र टिकटकबाट भइरहेको छ', उनले भनिन्, 'मैले बनेका सामान फेसबुक तथा टिकटकमा राख्छु, भिडियो पनि हाल्छु, अनि माग आउँछ।'

images
images
images

पुष्पाले बनाएका सामान कैलाली मात्र नभई अन्य जिल्ला र विदेश बस्ने नेपालीले माग गर्ने भएकाले विदेशमा समेत पठाउने गरेकी छिन्। मानिसले बढी खर्च गर्ने भनेकै लाउन र खानमा हो। नयाँ डिजाइनका पहिरन लगाउन, मीठो खान सबैलाई मनपर्छ। मानिस खानाका विभिन्न परिकार खान्छन्, लगाउने लुगाकपडा तथा गहना, चुरापोतेजस्ता सामान पनि नयाँ फेसनका मन पराउँछन्। पछिल्लो समय महिला सामाजिक सञ्जालको प्रयोग गरेर नयाँ-नयाँ सीप सिक्न थालेका छन्।

विगतका मानिसले विभिन्न सीप सिक्न निश्चित तोकेको ठाउँमा जानुपर्थ्यो। तोकिएको ठाउँमा गएर, शुल्क तिरेर सीप सिक्नुपर्ने बाध्यता थियो। तर पछिल्लो समय परिस्थिति बदलिएको छ। इच्छा भएकाहरू सामाजिक सञ्जाल तथा युट्युबको सहायताले सीप सिकिरहेका छन्।

टीकापुरकै कृष्णा भण्डारीले केही वर्षअघि केही गरौँ भनी धनगढीमा गएर १० दिन पोते बुन्ने तालिम लिइन्। 'तालिमपछि मैले पोते बुनेर यहाँकै पसलमा बिक्री गर्न थालेँ, खपत राम्रै हुन थाल्यो', कृष्णाले भनिन्, 'केही वर्षअघि सिकेको फेसन आजभोलि चल्दैन, त्यसैले नयाँ डिजाइनका पोते बुन्नुपरेमा टिकटक र युट्युब हेर्ने गरेकी छु।'

कृष्णाले पनि चुरापोते, बरमालाका सबै सामान आफैले उत्पादन गरेर बिक्री गर्ने गरेकी छिन्। पेसाले शिक्षक उनले घरमै पसल सञ्चालन गरेकी छिन्। उनले आफूले सिकेको सीप अन्य महिलालाई पनि सिकाउने, विभिन्न पालिकामा प्रशिक्षण दिने गरेकी छिन्। 'विद्यालयबाहेकको समय सीप विकासमा खर्च गर्छु। सयौँ महिलालाई चुरापोते, बरमाला र स्वीटर बुन्न सिकाएकी छु', उनले भनिन्, 'अरुले उत्पादन गरेको सामान आफूले किनिदिनेसमेत गरेकी छु।'

सामाजिक सञ्जालको प्रयोगका फाइदा-बेफाइदा दुवै छन्। सामाजिक सञ्जाल चलाउँदा नकारात्मक सामग्री हेर्ने गरियो भने मानिसलाई घाटा हुन्छ। चाहिने ज्ञान, सीपमूलक भिडियो हेरियो, त्यसलाई व्यवहारमा उतार्न सकियो भने फाइदा पाएकाहरू पनि धेरै छन्।

टीकापुरकी अर्की व्यापारी ममता न्यौपानेले पनि बुनाइका धेरै डिजाइन युट्युब तथा टिकटकबाट सिक्ने गरेकी छिन्। फेन्सी कपडा पसल सञ्चालन गरिरहुनभएकी ममताले पोते, माला र स्वीटर बुन्ने र बिक्री गर्ने गर्छिन्। 'मैले पनि नयाँ पहिरन र फेसनका स्वीटर तथा माला युट्युब र टिकटकबाट सिक्ने गरेकी छु', उनी भन्छिन्, 'यो मोबाइल त धेरै उपयोगी रहेछ। यसमा नभएको केही रहेनछ । यसलाई चलाउन जानेमा धेरै कुरा सिक्न पाइने रहेछ।'

लामो समयदेखि सिलाइकटाइ व्यवसाय गरिरहेकी टेलर व्यवसायी इन्द्रा चौधरीले पनि सामाजिक सञ्जालको भरपुर सदुपयोग गरेकी छिन्। उनले नयाँ फेसनका लुगा सिलाउनुपर्दा मोबाइलको सहायतामा युट्युबबाट हेरेर सिक्ने गरेकी छिन्। 'सुरूमा ससुराले सिलाइ पसल सञ्चालन गर्नुभएकाले मैले उहाँबाटै सीप सिकेकी हुँ', उनले भनिन्, 'आजभोलि नयाँ फेसनका लुगा सिलाउनुपर्छ। नयाँ डिजाइनका लुगा छिट्टै फैलन्छन्। ग्राहकले जस्तो फेसन चाहियो भन्छन्, उस्तै सिलाउन सक्छु। कसैलाई फिर्ता पठाएको छैन। मोबाइलमा हेर्छु अनि यस्तै बनाउन सक्छु।'

हरेक प्रविधिका सकारात्मक र नकारात्मक पक्ष हुन्छन्। अधिकांश मानिस मोबाइल तथा इन्टरनेटमा भुल्दा काम नलाग्ने सामग्री हेरेर भुल्न हुँदैन। मोबाइलको गलत प्रयोग गर्दा दुःख पाएका, समय बर्बाद गरेका पनि धेरै छन्। कुनै पनि प्रविधि वा मोबाइल चलाउँदा आफूलाई चाहिने कुरामात्र हेर्नु आवश्यक छ। शिक्षक अमर चौधरी इन्टरनेटमा मानिसलाई आवश्यक कुरा हेर्ने र सिक्ने गरेमा जीवनलाई व्यवसायी बन्न सघाउने बताउँछन्।

'मोबाइलको गलत लत लागेका पनि धेरै छन्, यी महिलाले जस्तै मोबाइलको सही प्रयोग गर्न आवश्यक हुन्छ', उनले भने, 'सामाजिक सञ्जाल तथा प्रविधिको सही सदुपयोग गर्न आवश्यक छ। सही सदुपयोग गरेमा सामाजिक सञ्जालमा धेरै काम लाग्ने कुरा पनि हुन्छन्।' रासस


प्रकाशित : मंगलबार, असार २६ २०८००५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend