आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

सरकारको सबै व्यापार घाटामा, रेमिट्यान्सले धान्न छाड्यो वस्तु आयात

images
images
images
सरकारको सबै व्यापार घाटामा, रेमिट्यान्सले धान्न छाड्यो वस्तु आयात

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैचा, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ।

images
images

काठमाडाैं- नेपालले गर्ने सबै व्यापार घाटामा रहेका छन्। आयात र निर्यातको खाडल ठूलो हुँदै गएको छ भने सेवा व्यापार पनि घाटामै देखिएको छ। भ्रमण आय ५८ अर्ब हुँदा व्यय १ खर्ब १९ अर्ब रहेको छ। जसमा ठूलो हिस्सा शिक्षातर्फको रहेको छ।

images
images
images

आर्थिक वर्ष २०७९/८० को एघार महिनामा कुल वस्तु व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रहेको छ। रेमिट्यान्सले समेत वस्तु आयात धान्न छाडेको छ। चालु आर्थिक वर्षको एघार महिनामा कुल वस्तु आयात १६ प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोडको आयात भएको छ। तर ११ महिनामा रेमिट्यान्स ११ खर्ब १२ अर्ब भित्रिएको छ।

images

चालु वर्षको एघार महिनामा कुल वस्तु निर्यात २२.७ प्रतिशतले कमी आई १ खर्ब ४३ अर्ब ५९ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२.२ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०६.७ प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ। 

images

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैचा, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ।

images
images

यता चालु आर्थिक वर्षको एघार महिनामा कुल वस्तु आयात १६ प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १७.१ प्रतिशत र १८.५ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधी, कच्चा भटमासको तेल, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ।

निर्यात आयात व्यापार घाटा

निर्याततर्पm भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्फ रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ। आर्थिक वर्ष २०७९/८० को एघार महिनामा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आई १३ खर्ब ३७ अर्ब ३९ करोड कायम भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १३८ अर्ब ४७ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २०० अर्ब ८८ करोड बराबरको भएको थियो।

वृहत् आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५.० प्रतिशत र ४४.३ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.४ प्रतिशत, ०.०२ प्रतिशत र ५२.६ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.४ प्रतिशत, पुँजीगत वस्तुको ८.४ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८.२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५२.४ प्रतिशत, १०.२ प्रतिशत र ३७.४ प्रतिशत रहेका थिए।

वार्षिक बिन्दुगत आधारमा २०८० जेठ महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक ३.७ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक ३.८ प्रतिशतले घटेको छ। २०७९ जेठ महिनामा ९.८ प्रतिशतले घटेको व्यापार २०८० जेठ महिनामा ७.८ प्रतिशतले बढेको छ। सेवा समीक्षा अवधिमा खुद सेवा आय ६७ अर्ब ६८ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ९९ अर्ब ५० करोडले घाटामा रहेको थियो।

पर्यटनबाट ५८ अर्ब आम्दानी हुँदा शिक्षा शुल्कमै बाहिरियो ८९ अर्ब 

पर्यटन क्षेत्रको आम्दानी बढे पनि शिक्षा क्षेत्रमा ठूलो पैसा नेपालबाट बाहिरिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत चालु वर्षको ११ महिनामा भ्रमण आय ९४.३ प्रतिशतले वृद्धि भई ५८ अर्ब ६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २९ अर्ब ८८ करोड रहेको थियो।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३७.९ प्रतिशतले वृद्धि भई १ खर्ब १९ अर्ब ९९ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फकाे व्यय ८९ अर्ब १८ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ८७ अर्ब ३ करोड रहेकोमा शिक्षातर्फको व्यय ५९ अर्ब ९९ करोड रहेको थियो। 

images

प्रकाशित : सोमबार, असार २५ २०८००७:३४

प्रतिक्रिया दिनुहोस