बिहीबार , वैशाख २७ गते २०८१    
images
images

नेता कार्यकर्ताबाट ७ करोडभन्दा बढी महाधिवेशन खर्च उठाउँदै एमाले

images
बिजनेस न्युज
images
images
नेता कार्यकर्ताबाट ७ करोडभन्दा बढी महाधिवेशन खर्च उठाउँदै एमाले

नवौं महाधिवेशनमा ६ करोड रुपैयाँ र त्यसअघि आठौंमा तीन करोड रुपैयाँ खर्च भएको थियो।

images
images

चितवन- नेकपा (एमाले)को १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ। यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि पार्टी सदस्यबाट लेभि उठाउने निर्णय भएको हो।

images
images
images

महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले एक जना सदस्यबाट एक सय रुपैयाँ उठाउने निर्णय भएको जानकारी दिए। नेकपा (एमाले)को सदस्य सङ्ख्या सात लाख छ। यसबाट सात करोड उठ्ने अनुमान गरिएको छ ।

images

महाधिवेशन प्रतिनिधिबाट दुई हजार रुपैयाँ र केन्द्रीय कमिटी सदस्यबाट तीन हजार रुपैयाँ उठाइने उनले जानकारी दिए। लाभका पदमा रहेकाबाटसमेत शुल्क उठाइँदै छ। पाण्डेका अनुसार उनीहरुबाट के कति उठाउने भन्ने बारेमा टुङ्गो लागिसकेको छैन। अन्यको लेभि उठाउन सर्कुलर गरी सकिएको उनले जानकारी दिए।

images

महाधिबेशनमा बिद्युतीय उपकरणबाट मतदान गरिने  छ। मतदानका लागि एक सय वटा विद्युतीय उपकरण राखिने जनाइएको छ।

images
images

महाधिवेशनको उद्घाटन सत्र चितवनको नारायणगढस्थित नारायणी किनारमा गरिँदै छ। सो अवसरमा देशभरबाट पाँच लाखको हाराहारी नेता कार्यकर्ता उपस्थित हुने अनुमान गरिएको छ। बन्द सत्र सौराहाको बाघमारा चौरमा गरिँदै छ। सबै विभागबाट खर्चको अनुमानित रकम आइनसकेकाले के कति खर्च हुन्छ भने अनुमान गरिनसकेको पाण्डेले बताए। 

यसअघि नवौं महाधिवेशनमा ६ करोड रुपैयाँ र त्यसअघि आठौंमा तीन करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए योसँगै नेकपा एमालेले महाधिवेशनका लागि बाहिरबाट चन्दा नउठाउने देखिएको छ।

नेकपा एमालेको केन्द्रिय समिति २२५ सदस्यीय छन्। तीमध्ये १५ पदाधिकारी रहेका छन्। पाण्डेका अनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष चार, महासचिव एक, उपमहासचिव एक र सचिव सात जना रहने व्यवस्था छ। उनीहरु महाधिवेशनबाट निर्वाचित हुने छन्।

महाधिवेशनमा दुई हजार प्रतिनिधि सहभागी हुने सहसंयोजक पाण्डेले बताए। बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा चितवनमा सारिएको हो। रासस

images

प्रकाशित : ०८:३९
प्रतिक्रिया दिनुहोस