शनिबार, असोज ५ गते २०८१    
images
images

बाढीले ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित

images
आइतबार, असार २४ २०८०
images
images
बाढीले ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित

हालसम्ममा आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ। फेदीखोलामा मुहान रहने उक्त आयोजनामा पानीलाई छरीस्थित रघुगंगा नदीको किनार विद्युत्गृहसम्म ल्याउन दुई हजार सात सय १५ मिटर लामो सुरुङमार्ग खन्नुपर्नेछ।

images
images

बेनी- बाढीका कारण म्याग्दीको रघुगंगा गाउँपालिका-८ कुइनेमंगलेमा निर्माणधीन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित बनेको छ।

images
images
images

संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधतर्फ बाढीले अत्यधिक क्षति पुर्‍याएपछि निर्माण प्रभावित बनेको हो। यी असार २१ गते राति आएको अविरल वर्षापछिको बाढीले आयोजनाको बाँधलगायत पूर्वाधारमा क्षति पुर्‍याएको आयोजनाका प्रमुख रविन्द्र हमालले जानकारी दिए।

'बाढीले पूर्वाधार निर्माण कार्य प्रभावित बनेको छ, केही सामाग्री पनि बगाएको', उनले भने। आयोजनाको निर्माण स्थलतर्फको पहुँचमार्ग समेत बाढीले बगाएको छ। 

ठेक्का लिएको साकुरा पावर/त्रिपल एस कम्पनीले बाढीबाट ४५ लाख रूपैयाँ बराबरको क्षति पुर्‍याएको जनाएको छ। आयोजनाको पहुँचमार्ग रहेको रघुगंगा-७ चिमखोलादेखि आयोजनास्थलतर्फको सडकखण्डअन्तर्गत मलाङको पहिरोले सडक निरन्तर अवरुद्ध भएको छ। यसबाट निर्माण सामाग्री ढुवानी समस्या भएको छ।

images

बाँध र विद्युतगृहतर्फको पूर्वाधार निर्माणमा एक सय ३० मजदुर काम गर्दै आएका छन्। सन् २०२४ जुलाइसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइएकामा अब समय बढी लाग्ने आयोजना प्रमुख हमालले बताए।

हालसम्ममा आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ। फेदीखोलामा मुहान रहने उक्त आयोजनामा पानीलाई छरीस्थित रघुगंगा नदीको किनार विद्युतगृहसम्म ल्याउन दुई हजार सात सय १५ मिटर लामो सुरुङमार्ग खन्नुपर्नेछ। हालसम्म दुई हजार मिटर सुरुङ निर्माण भइसकेको आयोजनाले जनाएको छ। आयोजनाको लागत तीन अर्ब ६० करोड रूपैयाँ अनुमान गरिएको छ। रासस


प्रकाशित : आइतबार, असार २४ २०८०१०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend