मंगलबार, जेठ २७ गते २०८२    
मंगलबार, जेठ २७ २०८२
images
images

सहकारीले बिचौलियालाई दिएको मल प्रशासनले गर्‍यो जफत, दुई लाख जरिवाना

images
सोमबार, असार १८ २०८०
images
images
सहकारीले बिचौलियालाई दिएको मल प्रशासनले गर्‍यो जफत, दुई लाख जरिवाना

अनुदानको मल इजाजतबिना नै कृषि बिज भण्डारले सहकारीबाट खरिद गरेर किसानलाई महँगो मूल्यमा बिक्री गरेको पाइएको छ।

images
images

इलाम- सरकारले अनुदानमा दिएको मल इलामको एक सहकारीले बिचौलियालाई बेचेको पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालय इलामले जफत गरेको छ।

images
images
images

अनुदानमा आएको मल इलाम नगरपालिका-१ नेपालटारमा रहेको सूर्यज्योति कृषि सहकारीले इलाम सदरमुकाममा रहेको कृषि बिज भण्डारलाई बेचेको पुष्टि भएपछि जफत गरिएको हो। जफत गरिएको मल इलाम नगरपालिकालाई बुझाइएको छ।

images
images

अनुदानको मल इजाजतबिना नै कृषि बिज भण्डारले सहकारीबाट खरिद गरेर किसानलाई महँगो मूल्यमा बिक्री गरेको पाइएको छ। कृषि बिज भण्डार भेषराज पराजुलीको नाममा दर्ता रहेको छ। सो पसललाई दुई लाख जरिवाना समेत गरिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए। उनले जफत गरिएको मल इलाम नगरपालिकालाई जिम्मा लगाइसकिएको छ। किसानलाई वितरण गर्ने गरि सो मल नगरपालिकालाई दिइएको उनको भनाइ छ।

images
images
images

अनुमगनका क्रममा जिल्ला प्रशासन कार्यालय इलाम नेतृत्वको टोलीले बुधबार सो पसलको गोदाममा सिल गरेको थियो। सरकारी अनुदान प्राप्त ३४ बोरा युरिया, १८ बोरा डीएपी गरी जम्मा ५२ बोरा मल इलाम नगरपालिकाले जिम्मा लिएर इलामको गौतमबुद्ध सभागृह सिटीहलमा राखिएको इलाम नगरपालिकाका कृषि शाखा प्रमुख उपेन्द्र नेपालले बताए। भेषराज पराजुलीले सञ्चालन गरेको कृषि बिज भण्डारको गोदामबाट जफत गरेर आफूहरुले राखेको कृषि शाखा प्रमुख नेपालको भनाइ छ। जफत गरिएको मल प्रमुख इलाम नगरपालिकाको निर्णयबाट के गर्ने भन्ने टुंगो लगाउने उनको भनाइ छ। 

गोदाममा सिल गरेपछि सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको नेतृत्वमा रहेको अनुगमन टोलीले आवश्यक कागजात सहित तीन दिन भित्रमा प्रशासनमा उपस्थित हुन बिज भण्डारका संचालकलाई निर्देशन दिएको थियो। अनुगमनको टोलीलाई भने कृषि बिजका सञ्चालकले झापाको चारआलीबाट मल खरिद गरेको बताए पनि उनले खरिद गरेको आवश्यक कागजपत्र देखाउन सकेनन्।

इलामका पालिकाहरुलाई कोटा निर्धारण गरेर कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले रासायनिक मल उपलब्ध गराउँदै आएको छ। सोही मलमा सहकारी र बिचौलियाको मिलेमतोमा यसरी कारोबार हुँदै आएको छ। रासस


प्रकाशित : सोमबार, असार १८ २०८००८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend