मंगलबार, जेठ २७ गते २०८२    
मंगलबार, जेठ २७ २०८२
images
images

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

images
सोमबार, असार १८ २०८०
images
images
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

पहिरो पन्छाएर सडक दुइतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।

images
images

मुग्लिन- पहिरोका कारण अवरुद्ध नारायगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ।

images
images
images

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना-५ स्थित तीन नम्बर पुलमा आज बिहान  पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो। पहिरो पन्छाएर सडक दुइतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।

images
images

पहिरोसँगै खसेको ढुंगाले लागेर ना ६ख ७१० नम्बरको ट्रक  चालकसमेत घाइते भएका छन्। घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ।

images
images
images

यसअघि शनिबार रातिदेखि बन्द भएको सडक झन्डै १८ घण्टापछि आइतबार साँझपख मात्रै खुलेको थियो। सोही स्थानमा गत बिहीबारदेखि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। रासस


प्रकाशित : सोमबार, असार १८ २०८००४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend