आइतबार, मंसिर ९ गते २०८१    
images
images

फेरि ४५ दिन इन्जिन भाडामा लिने प्रस्ताव आएपछि निगम व्यवस्थापनसँग सञ्चालकहरूको प्रश्न - 'अन्डरटेबल' पैसा त गएको छैन?

इन्जिन भाडामा कमिसनको खेल

images
सोमबार, असार १८ २०८०
images
images
फेरि ४५ दिन इन्जिन भाडामा लिने प्रस्ताव आएपछि निगम व्यवस्थापनसँग सञ्चालकहरूको प्रश्न - 'अन्डरटेबल' पैसा त गएको छैन?

 फेरि ४५ दिन इन्जिन भाडामा लिने प्रस्ताव आएपछि निगम व्यवस्थापनसँग सञ्चालकहरूको प्रश्न - के इन्जिन भाडामा 'अन्डरटेबल' पैसा त गएको छैन?

images
images

काठमाडौं- २०२२ को मार्च ५ देखि नेपाल वायुसेवा निगमले एयर बस ३२० को एउटा इन्जिन भाडामा लिएर जहाज उडान गरिरहेको छ। निगमले २०२२ को मार्च ५ देखि 'न्यारोवडी ए ३२० नाइन एन ए के डब्लू' (सरगमाथा) जहाजको बाँया इन्जिन भाडामा प्रयोग गरिरहेको छ।

images
images
images

पछिल्लो पटक थप भएको समयअनुसार जुन ३१ पछि इन्जिन भाडामा लिन पाइने थिएन। तर मर्मतका लागि जर्मन पठाइएको इन्जिन नआएको भन्दै निगम व्यवस्थापलने ४५ दिनको लागि समय थपको प्रस्ताव सञ्चालक समितिमा पेस गरेको थियो।

images

४५ दिनको समय थपको प्रस्ताव आएसँगै सञ्चालकहरूले निगम कार्यकारी अध्यक्ष तथा व्यवस्थापनसँग प्रश्न गरेका हुन्। निगमका एक सञ्चालकले त 'इन्जिन मर्मतको समय लम्ब्याउँदै इन्जिन भाडामा लिएको कम्पनीसँग अन्डर टेबलबाट तपाईंहरूले पैसा बुझिरहनु भएको त छैन?' भनेर बैठकमा प्रश्न गरेका थिए।

images

ती सञ्चालकको प्रश्नमा इन्जिन मर्मतको जिम्मा पाएको जर्मन कम्पनी लुफ्थान्साले अन्तिम सयममा आएर पहिलेको सर्भे भन्दा फरक मर्मत गर्न परेका कारण इन्जिन समयमा दिन नसक्ने जानकारी गराएको कारण भाडामा लिइएको इन्जिनको समय थप गर्न परेको व्यवस्थापनको पक्षबाट जवाफ आएको छ।

व्यवस्थापनको तर्फबाट आएको प्रश्नमा पुन: ती सञ्चालकले 'इन्जिन मर्मतको अधिकतम समय १२० दिन भएको त्यसैले किन १०/११ महिनासम्म काम भएन, इन्जिन भाडाको समय सकिने समयमा किन यस्तो विषय आयो? के यो इन्जिन भाडामा लिने कामलाई लम्ब्याएर मर्मतमा ढिलासुस्ती त भएको हैन?' भनी प्रश्न गरेका थिए। 

सञ्चालकहरूबाट इन्जिन मर्मत र भाडाको विषयमा विवाद भएपछि उनीहरूको विरोधलाई थामथुम बनाउन जर्मन नै स्थलगत अध्ययनका लागि जाने विषयसमेत व्यवस्थापनले गरेको थियो। तर बैठकमा सहभागी सञ्चालक किशोर प्रधानले भने इन्जिन भाडामा लिने विषयमा एकै पटकमा अब ४५ दिनको समय थप गर्न नसक्ने बताएका थिए। प्रधानले 'के कति कारणले जर्मन कम्पनी लुफ्थान्साबाट इन्जिन मर्मत हुन नसकेको हो र दिनुपर्ने समयमा नदिँदाको क्षतिपूर्ति उसले दिन्छ कि दिँदैन? १५ महिनासम्म एउटै कम्पनीको इन्जिन भाडामा लिएपछि हामीलाई केही समय छुटमा इन्जिन भाडामा दिन्छ कि दिँदैन? जर्मन कम्पनीबाट आउने क्षतिपूर्ति र इन्जिन भाडामा दिने कम्पनीले छुट समयको आर्थिक भार निगमलाई पर्छ कि पर्दैन?' भनेर प्रश्न उठाएका थिए। 

जुलाई १ देखि अगष्ट १५ सम्मका लागि गरी ४५ दिन इन्जिन भाडामा लिनेगरी भएको समय थपमा तत्काल १५ दिनको लागि सहमति भएको र अध्ययन नहुँदासम्म थप समय दिन निर्णयसमेत नहुने प्रधान बताउँछन्।

१५ महिनादेखि इन्जिन भाडामा, थप ४५ दिन भाडामा लिइँदै

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाजको समयमै इन्जिन मर्मत गर्न छाडेर इन्जिन भाडामा लिन थालेको १५ महिना पूरा भएको छ। १५ महिनापछि पनि फेरि ४५ दिन इन्जिन भाडाको समग थपको प्रस्ताव सञ्चालक समितिमा लगेका हुन्।  

निगमले २०२२ को मार्च ५ देखि न्यारोवडी ए ३२० नाइन एन ए के डब्लू (सरगमाथा) जहाजको बाँया इन्जिन भाडामा प्रयोग गरिरहेको छ। यो जहाज डिसेम्बर २७ मा कतारको दोहामा अवतरणपछि इन्जिन बिग्रिएको थियो। जसका  कारण जहाज ६० दिन ग्राउन्डेड भएको थियो। २०२२ को मार्च ५ देखि इन्जिन भाडामा लिँदा निगमले भाडावापत नै ४० करोड रुपैयाँ जति खर्च गरिसकेको छ।

अझै भाडामा लिएकै इन्जिन ४५ दिन प्रयोग हुने निश्चित भइसकेको छ। अहिले भाडामा लिएको इन्जिनवापत निगमले दैनिक ६ हजार ५ सय ७० डलर खर्च गरिरहेको छ। निगमले एमटीयूसँग दैनिक २ हजार डलर, प्रतिघण्टा २ सय ७८ र प्रतिसाइकल २ सय ३९ डलरमा इन्जिन भाडामा लिएको  हो।

डिसेम्बरमा बिग्रिएको इन्जिन मार्चपछि मात्रै मर्मतका लागि इजरायल पठाइयो। भाडामा इन्जिन प्रयोग गरेर जहाज उडान भइरहेको थियो। तर पुन: जुलाई ३० मा सोही जहाजको दायाँ इन्जिनमा समस्या देखियो। जहाज ग्राउन्डेड भयो। जहाज ग्राउन्डेड हुनमा डिसेम्बरमा बिग्रिएको इन्जिन जुलाई अन्तिमसम्म निगम व्यवस्थापनले मर्मत गरेको थिएन।

मर्मतमा ढिलाइ गर्नुको एउटै कारण थियो भाडामा लिएको इन्जिनको समय लम्ब्याइ राख्नु। जब दायाँ इन्जिनमा समस्या आयो त्यसपछि निगम व्यवस्थापनलाई भाडामा लिएको इन्जिन राखिराख्ने अवसर मिल्यो। निगम व्यवस्थापनको चाहाना पनि इन्जिन भाडामा लिने काम लम्ब्याइ राख्नु थियो।

डिसेम्बर २७ इन्जिन ९ महिनापछि बल्ल मर्मत भयो। इन्जिन मर्मत भएपछि सेप्टेम्बर ३० मा निगमले जहाज इजायल पठाएर जुलाईमा बिग्रिएको दायाँ इन्जिन झिकेर मर्मत भएको इन्जिन राखियो। जुलाईमा बिग्रिएको इन्जिन मर्मतको प्रक्रिया त्यसबेसासम्म कुनै प्रक्रिया सुरु भएन। इन्जिन मर्मतका लागि ४ देखि ५ महिनासम्म कुनै प्रक्रिया गरिएन। इन्जिन मर्मतमा ढिला गर्नुको एउटै कारण थियो मार्चदेखि भाडामा लिइएको इन्जिन प्रयोगलाई लम्ब्याइराख्नु। जति लम्ब्याइयो त्यति नै कमिसन आइरहने थियो।

२०२२ को जुलाई ३० देखि बिग्रिएर मर्मतका लागि जर्मन पठाइएको इन्जिन २०२३ को जुन ३० सम्ममा आइपुग्ने निगमको दाबी थियो। तर अन्तिम समयमा निगम व्यवस्थापनले इन्जिन मर्मत हुन नसकेको भन्दै फेरि ४५ दिन इन्जिन भाडामा लिन लागेको हो।

२०२१ को डिसेम्बरमा बिग्रिएको इन्जिन ९ महिनामा सेप्टेम्बरमा मर्मत भएको थियो भने  २०२० को जुलाईका बिग्रिएको इन्जिन ११ महिनामा मर्मत सम्पन्न नहुनेमा इन्जिन भाडाको कमिसन खेल नै हो। इन्जिन मर्मतमा ढिलाइको एउटै रहस्य एमटीयूको इन्जिन भाडामा लिँदै कमिसन लिने काम हो।


प्रकाशित : सोमबार, असार १८ २०८०००:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend