शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

घरेलु मदिरा र म्याद गुज्रिएका सामान बजारभर छ्याप्छ्याप्ती

images
images
images
घरेलु मदिरा र म्याद गुज्रिएका सामान बजारभर छ्याप्छ्याप्ती

मदिरा ऐन, २०३१ ले गैरकानूनीरूपमा घरेलु मदिरा उत्पादन तथा बिक्री गर्नेलाई छ महिनासम्म कैद वा एक लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने जनाएको छ। उत्पादनमा प्रयोग भएका भाडावर्तनसमेत जफत हुने ऐनमा उल्लेख छ।

images
images

बझाङ- शुक्रबार मध्याह्नतिर सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीको नेतृत्वमा प्रहरीसहितको टोली बजार अनुगमनमा निस्क्यो। किराना पसल, मासु पसल हुँदै एउटा चिया पसलमा पुग्दा टोलीको नजर प्लाष्टिकको बोलतमा भएको घरेलु मदिरामा पर्‍यो। चिया पकाउने पसलका छेउछाउमा चकलेटका डब्बा पनि मदिराले भरिएका थिए।

images
images
images

चिया पसले र अनुगमन टोलीको दोहोरी नै चल्यो। पसलेले तामाङ समुदायको मदिरा अनिवार्य भन्दै आफूले गलत नगरेको दाबीसहित पन्छिन खोजे। प्रहरीले समातेको डब्बाको मदिरासमेत पसलेले फिर्ता लिए। अनुगमन टोली त्यसैमा सीमित रहेन। सोही चिया भट्टीवालाले मदिरा बनाउने गरेको प्रहरीले सुइँको पाइसकेको थियो। प्रहरीको अर्को समूहले पछाडिबाट गोदाम नै फेला पार्‍यो। छिमेकीसहित अनुगमन टोलीको रोहबरमा गोदामबाट प्रहरीले साढे पाँच सय लिटर मदिरासहित कच्चा पदार्थ बरामद गर्‍यो।

images

सिमखेतको एक खाजा पसलमा पनि सुराकीका आधारमा उक्त टोलीले तीन सय लिटरभन्दा बढी उत्पादन गरिएको मदिरासहित कच्चा पदार्थ बरामद गर्‍यो। उत्पादन गर्न छाडेको दुई वर्ष भइसकेको दाबी गर्ने पसलेको भट्टीबाट मदिरा उत्पादन गर्ने भाँडासहित गोदाममै छापा मार्दा ठूलो परिणाममा मदिरा फेला परेको थियो।

images

गत साता अनुगमन टोली आफै ग्राहक बनेर एउटा चिया पसलमा पुग्दा दुई सय लिटर नै मदिरा फेला परेको थियो। साइपाल गाउँपालिकाका एक वडा सदस्यसमेत रहेका व्यक्तिको पसलमा ठूलो मात्रामा अवैध मदिरा फेला परेपछि निकै आलोचना भएको थियो। यसरी हरेक हप्ता जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन हुँदा पनि घरेलु मदिराको उत्पादन भने कम भएको छैन। 

images
images

'घरेलु मदिरा मात्रै नभई म्याद गुज्रिएका सामान पनि बजारभर छ्याप्छ्याप्ती छन्', सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भनिन्, 'हरेक हप्ता अनुगमन गर्दा पनि व्यवसायीले कानूनबमोजिम व्यापार गर्न चासो नै दिएको देखिँदैन, अधिकांश पसलले हप्ता दिनमा सम्पूर्ण कागजात तयार गर्ने प्रतिबद्धता जनाउँदा पनि विभिन्न बाहाना गर्दै पन्छिन खोजिरहेका छन्।'

महिनाकै अन्तरालमा बजार अनुगमनबाट लाखौँ मूल्य बराबरको अवैध वस्तु नष्ट गरिसकेको छ। उनले भनिन्, 'एकै महिनामा बजारभर अखाद्य वस्तु लाखौँ मूल्यको बरामद गरिसकेका छौँ, तर दोस्रो पटक सोही पसलमा जाँदा पनि पर्याप्तमात्रामा अखाद्य वस्तु नै भेटिन्छ।'

अवैध घरेलु मदिरा भने पसलैपिच्छे भेटिन्छ। 'विगतका दिनमा पनि घरेलु मदिरा हजारौँ लिटर प्रहरीले नष्ट गर्दै आएको थियो', प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने, 'चैनपुरमा भट्टीवालाले अन्य पसललाई पनि बेच्ने रहेछन्, खोजतलास गर्दै जाँदा प्रहरीले धेरै पटक उत्पादन भइरहेका भाँडाकुँडादेखि गोदाम नै रित्याएको थियो।' दोस्रो, तेस्रो पटक पनि उत्पादन गरेको थाहा पाए कानूनबमोजिम नै कारबाही हुने उनले बताए।

सदरमुकाममा तामाङ समुदायका व्यक्ति आइसकेपछि घरेलु मदिराको कारोबार हुन थालेको उद्योग वाणिज्य संघका प्रशासन अधिकृत निम थापाले बताए। 'घरेलु मदिराबारे जानकारी नभएकाले पनि तामाङ समुदायको सिको गर्दै उत्पादन गर्न थाले', उनले भने, 'उहाँहरूको धर्ममै मदिरा अनिवार्य भन्ने रहेछ, तर आफूलाई खानलाई भन्दा पनि बेच्नका लागि बढी उत्पादन गर्ने गरेका छन्, विगतका दिनमा हजारौँ लिटर मदिरा नष्ट गरिसकेको थियो।'

यता तामाङ समुदायकी पेमा तामाङले पनि आफ्नो धर्ममा नै मदिरा अनिवार्य भएको बताए। उनले भने, 'हाम्रो त जन्मँदा, मर्दा, बिहे गर्दा जहिले पनि मदिरा अनिवार्य चाहिन्छ, हरेक पर्वमा अनिवार्य हुँदा किनेरै प्रयोग गर्न नसकिने हुँदा आफै उत्पादन गर्नुपरेको हो।' तामाङको कुरालाई प्रशासनले भने स्वीकार्ने अवस्था छैन। कानूनले बर्जित गरेको कुरालाई उत्पादन र बिक्री गर्नु गैरकानूनी काम भएको प्रहरी निरीक्षक अवस्थीले बताए।

के छ कानूनी प्रावधान?

मदिरा ऐन, २०३१ ले गैरकानूनीरूपमा घरेलु मदिरा उत्पादन तथा बिक्री गर्नेलाई छ महिनासम्म कैद वा एक लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने जनाएको छ। उत्पादनमा प्रयोग भएका भाडावर्तनसमेत जफत हुने ऐनमा उल्लेख छ। ऐनको दफा ३ र ४ मा पनि उत्पादन, बिक्री र सजायका बारेमा उल्लेख गरिएको छ। इजाजत बेगर वा इजाजत प्राप्त व्यक्तिले तोकिएको मापदण्डभन्दा बाहिर जान नपाइने ऐनमा उल्लेख छ।

ऐनको दफा १३ मा कुनै व्यक्तिले ऐनविपरीत मदिराको उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गरेमा सो कार्यसँग सम्बन्धित मदिरा अन्तःशुल्क अधिकृतले जफत गर्नेछ। जफत गरिएको मदिरामध्ये गुणस्तरयुक्त मदिरा अन्तःशुल्क अधिकृतले तोकिएबमोजिम लिलाम बिक्री गर्नुपर्ने, मदिराको कारोबार गर्न प्रयोग गरिएका सबै सामान अन्तःशुल्क अधिकृतले जफत गरी तोकिएबमोजिम लिलाम बिक्रीसमेत गर्न सकिने प्रावधान रहेको छ। रासस

images

प्रकाशित : आइतबार, असार १७ २०८००८:०६

प्रतिक्रिया दिनुहोस