बुधबार, जेठ १६ गते २०८१    
images
images

सुस्ताएको चरा पर्यटन

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २२ २०७८
images
images
सुस्ताएको चरा पर्यटन
images
images

गण्डकी- पोखराका सुनिता गुरुङ चरा गाइडका रुपमा सक्रिय रहेको १७ वर्ष बितिसकेको छ। सन् २००४ यतादेखि गरिरहेको काममा उनी खुसीसँगै उत्साहित पनि छिन्  तर नेपालमा चरा पर्यटनप्रति पनि आकर्षण बढ्दै गएका अवस्थामा एकाएक दुई वर्षअघि भित्रिएको कोरोना भाइरसको महामारीले उनको क्रियाशीलतालाई प्रत्यक्ष असर पार्‍यो। 

images
images
images

विगतमा पर्यटकलाई चरा देखाउन र चिनाउन भ्याइनभ्याइ हुने गुरुङ दुई वर्षयता भने फुर्सदिलो बनेकी छिन्। स्वरोजगार बनेकी उनको रोजगारीलाई कोरोनाले असर पारेको हो। 'कोरोनाले चरा गाइडका रुपमा काम गरिरहेका सबै यतिखेर बेरोजगार बनेका छन्', गुरुङले भनिन्, 'यसैका माध्यमबाट घरखर्च चलाएकालाई त झन् मुस्किल परेको छ।'

images

चरा देखाउने र चिनाउने काम सजिलो नभएको बताउँदै उनले यसका लागि इच्छाशक्ति, धैर्यता, पहिचान, क्षमता आदि आवश्यक हुने उनले बताइन्। कोरोनाका कारण चरा गाइडसँगै चरामा पनि प्रत्यक्ष असर पारेको भएको गरुङको भनाइ थियो।

images
images

पसलका सटरमा गुण बनाउने गौथली कोरोनाका कारण पसल बन्द हुँदा समस्यामा परेको बताउँदै उनले विकासका नाममा चराका बासस्थान मासिँदा समस्या भएको जानकारी दिइन्।

images
images

पर्यटकीय नगरी पोखरा चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक गन्तव्य भएको चराका क्षेत्रमा काम गर्नेहरू बताउँछन्। तालैतालको सहर पोखराका नौ वटा ताल रामसारमा सूचीकृत छन्।

पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदीलगायत खोलानाला चराका लागि उपयुक्त मानिन्छ। पोखरा, आसपासका क्षेत्र र हिमालपारिको जिल्ला मुस्ताङ हुँदै बग्ने काली गण्डकीसहित विभिन्न जलसम्पदाका कारण पनि यो क्षेत्र चराचुरुङ्गीको राम्रो बासस्थान बनेको हो। 

नेपाल आउने विदेशी पर्यटकमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेको तथ्याङ्क छ। विशेष गरी विदेशी पर्यटक नै चरा पर्यटनमा रुचि राख्ने भएकोले कोरोनाका कारण विदेशी पर्यटक नआएका कारण चरा गाइड कामविहीन जस्तै बनेका छन्। पोखराका जलाशयमा यतिखेर जाडो छल्नका लागि पाहुना चरा आइसकेको प्रकृतिका साथीका निर्देशक राजु आचार्यले जानकारी दिए। पोखराका फेवाताल, बेगनास ताल, रुपा ताललगायत तालमा  चीन, मङ्गोलिया, साइबेरियालगायत स्थानबाट चरा आउने गर्दछन्।

यहाँका फेवा, बेगनाससहित रुपा, खास्टे, कमलपोखरी, गुदे, निउरेनी, दिपाङ र मैदीतालका साथै सेती नदीका आसपासमा थुप्रै पाहुना चरा देखिन थालेका छन्। विगतका वर्षमा जस्तो पाहुना चराको आउने क्रम भने कमहुँदै गएको पाइएको छ। सिमसार र आसपासका क्षेत्रमा विचरण तथा प्रजनन गर्ने चराका प्रजाति वातावरण प्रदूषण एवं सिमसारमा हुने गरेको अतिक्रमणका कारण सङ्कटमा पर्दै गएको अनुसन्धानले देखाएको छ।

विशेष गरी हिमाली क्षेत्रमा हिउँ पर्न थालेपछि आहारा पाउन नसकिने भएकोले जाडो छल्नका लागि पाहुना चरा बेँसितिर झर्ने उनले जानकारी दिए।

हिउँद सुरु भएसँगै चीन, मङ्गोलिया, साइबेरियालगायत स्थानबाट हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम, कागबेनी हुँदै छिर्ने कर्‍याङकुरुङ पछिल्ला वर्षमा कम देख्न थालिएको छ। 

ठूला ठूला झुण्डमा आउने कर्‍याङकुरुङ पोखराहुँदै कालीगण्डकी उपत्यका पार गरी भारतको राजस्थानलगायत स्थानमा पुग्दछन्। पोखरा र आसपासमा कर्‍याङकुरुङ आउँदा र फर्कदा उनीहरूको झुण्डलाई हेर्दै लहरेबाली लगाउने हो भने त्यसले राम्रो उत्पादन दिने जनविश्वास अझै पनि कायमै छ। स्याङ्जाको भीरकोट नगरपालिका-३ स्थित देवपूजे ढुङ्गालाई प्रत्येक वर्ष कर्‍याङकुरुङ आउँदाजाँदा अनिवार्य घुमेर जाने गरेको त्यहाँका बासिन्दाले बताए। कास्कीको दक्षिण भेगस्थित सुरौदी खोलाको किनारामा एक दशक अघिसम्म ठूलै सङ्ख्यामा हुटिट्याउँ पाउने गरिएकामा पछिल्ला वर्षमा देख्न छाडिएको छ। 

संरक्षणको अभावमा सिमसार क्षेत्र सुक्नु, विचरण क्षेत्रमा भौतिक संरचना बन्नु, खोला तथा जलाशयमा माछालगायत जलचरमा कमी आउनुजस्ता कारणले बर्सेनि चरा घटदै गएका हुन्। यसअघि २०७४ सालको हिउँदमा फेवातालमा गरिएको चरा गणनामा ४२ प्रजातिका चरा भेटिएकामा हाल तीमध्ये तीन प्रजाति घटेको तथ्याङ्कले देखाएको छ। 

अध्ययनले केही वर्षको अन्तरालमा ५० प्रतिशत चरा कम भएको देखाएको छ। पछिल्ला वर्षमा जलाधार क्षेत्रमा पहेँला टाउके हाँस, सुन्जुरे हाँसलगायत चराका प्रजाति कम देखिन थालेको बताइएको छ। पोखरा उपत्यकामा ४६७ प्रजातिका चरा पाइन्छ। चरा पर्यटनमा आकर्षण बढ्दै गर्दा चरा तथा वन्यजुन्तुको अध्ययन अनुसन्धान एवं पहिचानका कार्यक्रम पनि बढ्दै गएका छन्। सहस्राब्दी पदमार्ग(मिलेनियम ट्रेक) मा पर्ने राङभाङ भैँसेगौँडामा प्रकृतिका साथीको सक्रियतामा वन्यजन्तु अनुसन्धानविधि विषयक तालिम यसवर्ष पनि गर्न लागिएको निर्देशक आचार्यले जानकारी दिए।

स्याङ्जाको पुतलीबजार नगरपालिका-२ भैँसेगौँडामा वन्यजन्तु अनुसन्धानविधि तालिम अघिल्लो वर्ष गरिएकोमा यसवर्ष पनि कात्तिक २३ गतेबाट १९ दिनसम्म गर्न लागिएको छ। अघिल्लो वर्ष विभिन्न जिल्लाका १३ जना सहभागी भएकामा यस वर्ष १२ जनामात्र  सहभागी हुँदैछन् ।तालिमका क्रममा सहभागीलाई  जङ्गलमा रहेका चरा, पुतली एवं स्तन्धारी प्राणीको पहिचान, तिनको अनुसन्धानविधि आदिबारे जानकारी प्रदान गरिने छ। सहस्राब्दी पदमार्ग चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक गन्तव्य भएका कारण यहाँ पाइने चरासहित वन्यजन्तुको अनुसन्धानसँगै पहिचानका लागि गर्न लागिएको तालिम बहुउपयोगी हुने विश्वास लिइएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले जानकारी दिए।

तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा १३७ प्रजातिका चरा पाइने उनको भनाइ थियो। नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर सहस्राब्दी पदमार्गका विभिन्न स्थानमा देख्न सकिन्छ। रासस


प्रकाशित : सोमबार, कात्तिक २२ २०७८०८:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend