मंगलबार, जेठ २७ गते २०८२    
मंगलबार, जेठ २७ २०८२
images
images

चिया बगानका रुखमा प्रयोग गरिने पहेँलो स्टिकर हटाउने तयारी

images
शनिबार, असार १६ २०८०
images
images
चिया बगानका रुखमा प्रयोग गरिने पहेँलो स्टिकर हटाउने तयारी

नगर क्षेत्रभित्र टोकला, सतिघट्टालगायतका ठूला र साना गरी करिब एक हजार बिघा जमिनमा आधा दर्जन बढी चिया बगान छन्।

images
images

झापा- मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा प्रयोग गरिएका पहेँलो संकेत (स्टिकर) लाई हटाउने भएको छ।

images
images
images

स्टिकरका कारण मौरीलगायतका मित्रुजीव टासिइ नष्ट हुने भएका कारण नीति नै बनाएर निरुत्साहित गर्ने भएको हो। पालिकाले हालै सार्वजनिक गरेको बजेट तथा नीति कार्यक्रममै सो कुरा उल्लेख गरिएको छ।

images
images

नगर क्षेत्रभित्र टोकला, सतिघट्टालगायतका ठूला र साना गरी करिब एक हजार बिघा जमिनमा आधा दर्जन बढी चिया बगान छन्। चियालाई कीराबाट जोगाउन बगानभित्रका रुखमा पहेँलो स्टिकर टाँस्ने चलन छ। जसका कारण मित्रुजीव नै नष्ट हुन थालेपछि पालिकाले बाध्य भएर स्टिकर नै हटाउने नीति नै अवलम्बन गर्ने भएको हो।

images
images
images

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले पहेँलो स्टिकरले अन्य जीवमा पर्ने असरको बारेमा अध्ययन नै नगरी बगान मालिकले जथाभावी प्रयोग गरेको बताइन्। 'पछिल्लो समय नगरमा तोरी खेती र मौरीपालनमा किसानको आकर्षण बढेको छ', उनले भनिन्, 'तर बगान क्षेत्रमा चर्न आउने मौरीजस्ता मित्रुजीव त्यही स्टिकरमा टाँसिएर मर्छ।'

उनले नगर क्षेत्रभित्रका चिया किसानसँग तत्काल छलफल गरेर स्टिकर हटाउने तयारी भइरहेको जानकारी दिइन्। रासस


प्रकाशित : शनिबार, असार १६ २०८०१२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend