मंगलबार, जेठ २७ गते २०८२    
मंगलबार, जेठ २७ २०८२
images
images

सहजरुपमा खानेपानी उपलब्ध गराउन मन्त्री यादवको निर्देशन

images
शनिबार, असार १६ २०८०
images
images
सहजरुपमा खानेपानी उपलब्ध गराउन मन्त्री यादवको निर्देशन

खानेपानीमन्त्रीले स्थानीय बासिन्दालाई तत्काल मेलम्चीको पानी उपलब्ध गराउन काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिए।

images
images

ललितपुर- खानेपानी मन्त्री महिन्द्रराय यादवले उपभोक्तालाई सहजरुपमा खानेपानी उपलब्ध गराउन निर्देशन दिएका छन्।

images
images
images

ललितपुर महानगरपालिका-१४, १५, २३ र २६ को खानेपानी संघर्ष समितिले आज यहाँ आयोजना गरेको बृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले स्थानीय बासिन्दालाई तत्काल मेलम्चीको पानी उपलब्ध गराउन काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिए। उनले खानेपानीको सहज पहुँच आम जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने सरकारको दायित्व भएको बताए।

images
images

कार्यक्रममा सांसद डा तोसिमा कार्की, प्रदेशसभा सदस्य रघुनाथ महर्जन, खानेपानी मन्त्रालयका कर्मचारी, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय प्रमुख राजेन्द्र सापकोटा तथा स्थानीय प्रभावित बासिन्दा कार्यक्रममा सहभागी थिए। रासस

images
images
images


प्रकाशित : शनिबार, असार १६ २०८०१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend