आइतबार, कात्तिक २५ गते २०८१    
images
images

नयाँ व्यवस्थाले पार्टसका खुद्रा व्यवसायीलाई असर पर्दैन : भन्सार महानिर्देशक पौडेल

images
शनिबार, असार १६ २०८०
images
images
नयाँ व्यवस्थाले पार्टसका खुद्रा व्यवसायीलाई असर पर्दैन : भन्सार महानिर्देशक पौडेल

सोही क्रममा उनले अटोमोबाइल स्पेयर पार्टसका केही वस्तुहरुमा यस्तो व्यवस्था गर्न कठिनाई हुने भए पनि यस सम्बन्धमा विभागले छिट्टै कार्यविधिसमेत ल्याउन लागेको जानकारी दिएका थिए। 

images
images

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधि मण्डलले शुक्रबार भन्सार विभागका महानिर्देशकलाई भेटेर साउन १ पछि आउने असहजताबारे अवगत गराएको छ। शुक्रबार नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई भेटेर उक्त जानकारी गराएको हो। 

images
images
images

हालै वीरगञ्ज भन्सार कार्यालय पर्साले २०८० साउन १ गतेपछि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्रीका लागि पठाउनुअघि त्यस्ता मालवस्तुको प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाएर मात्र पठाउनुपर्ने भन्ने विषयमा जारी गरेको सूचनालगायत व्यवसायीहरुलाई भन्सारमा परेको समस्याहरुका सम्बन्धमा विस्तृत नाडा र महानिर्देशक पौडेलबीच छलफल भएको हो।  

images

उक्त छलफलमा नाडाका अध्यक्ष थापाले सो सम्बन्धमा जिज्ञासा राख्दै उक्त सूचनामा उल्लेखित विषय कुन क्षेत्रमा लागु गर्ने भनिएको हो प्रस्ट नभएको र अटोमोबाइल स्पेयर पार्टसका कतिपय वस्तुहरुमा यस्तो व्यवस्था लागु गर्न कठिनाइ हुने बताएका थिए। त्यसैगरी सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले त्यसको कार्यान्वयमा आउने व्यावहारिक समस्या र अपठयाराहरु बारे जिज्ञासा राखेका थिए। 

images

छलफलमा महानिर्देशक पौडेलले विदेशबाट धेरै नक्कली सामान पैठारी भइ आउने भएकोले वैध व्यवसायलाई प्रोत्साहित गर्न र तस्करी र चोरी पैठारीलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गर्न लागेको जानकारी गराए। अटोमोबाइल स्पेयर पार्टसको आयातमा पनि यो व्यवस्था लागु हुने जानकारी पौडेलले गराएका थिए।

सोही क्रममा उनले अटोमोबाइल स्पेयर पार्टसका केही वस्तुहरुमा यस्तो व्यवस्था गर्न कठिनाइ हुने भए पनि यस सम्बन्धमा विभागले छिट्टै कार्यविधिसमेत ल्याउन लागेको जानकारी दिएका थिए। 

महानिर्देशक पाडैलले यसको सम्पूर्ण व्यवस्थापन स्वयं पैठारीकर्ता र डिलरले गर्नु पर्ने भएकोले साधारण खुद्रा व्यवसायीहरुलाई कुनै अप्ठेरो र झण्झट पनि नहुने कुरा प्रष्टयाएका थिए। विभागका उपमहानिर्देशकद्वय सेवन्तक पोखरेल र रमेश अर्यालसमेतको उपस्थिति रहेको सो छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरी सहभागी थिए। 


प्रकाशित : शनिबार, असार १६ २०८००९:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend