बुधबार, वैशाख १९ गते २०८१    
images
images

तोलामा ६ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

images
images
images
तोलामा ६ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँच सय रूपैयाँ कायम छ।

images
images

काठमाडौं- बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ। मंगलबार प्रतितोला दुई सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला ६ सय रूपैयाँले घटेको हो।

images
images
images

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँच सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images

महासंघका अनुसार मंगलबार प्रतितोला १० रूपैयाँले बढेको चाँदीको मूल्य भने आज स्थिर छ। मंगलबार एक हजार ३ सय ७५ रूपैयाँ तोकिएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

images

images

प्रकाशित : बुधबार, असार १३ २०८००५:२०

प्रतिक्रिया दिनुहोस