काठमाडौं- तिहारपछिको पहिलो दिन सुनको मूल्य तोलामै १५ सय रुपैयाँ बढेको हो। सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ। तिहार अघि १८ गते बिहीबार सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य समेत तोलामा २५ रुपैयाँ बढेको छ। १८ गते बिहीबार १२ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य सोमबार २५ रुपैयाँले बढेर १२ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।