बुधबार, वैशाख १९ गते २०८१    
images
images

वित्तीय जोखिमबाट बचौँ, सहकारीहरुलाई संकटग्रस्त हुनबाट बचाऔँ : बालेन 

images
images
images
वित्तीय जोखिमबाट बचौँ, सहकारीहरुलाई संकटग्रस्त हुनबाट बचाऔँ : बालेन 

सहकारी संघ संस्थाहरुले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न उनले अनुरोध गरेका छन्। 

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सहकारी संस्थाहरूलाई बचाउनका लागि सदस्य तथा संस्थालाई सचेत गराएका छन्। 

images
images
images

महानगरको क्षेत्राधिकारभित्र पर्ने सहकारीबाट समस्यामा परेको भन्दै सदस्यहरूको उजुरी तथा गुनासो बढिरहेकाले संकट बढ्दै गएको प्रष्ट देखिएको उनले उल्लेख गरेका छन्। 

images

‘वस्तु र सेवाहरूको मूल्यबृद्धि र मुद्रा स्फितिले वित्तिय क्षेत्रहरूमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेका छन्।  तरलताको अभाव सृजना भएको सर्वविदितै छ। महानगरपालिकाको सहकारी बिभागमा सेयर सदस्य र सञ्चालकहरूले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाट अवस्था देखिन्छ’ शाहले फेसबुकमा लेखेका छन्। 

images

सहकारी संघ संस्थाहरूले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न उनले अनुरोध गरेका छन्। 

images
images

महानगर प्रमुख शाहले सहकारीको समस्या समाधान गर्नका लागि संस्था तथा सदस्यहरूलाई अनुरोध गरेका छन्। सबैले कानून र विधि अनुसार चल्नुपर्ने, मापदण्ड र आदर्शको पालना गर्नुपर्ने उनले उल्लेख गरेका छन्। 

आजै महानगरले सहकारीहरूलाई कानून अनुसार बुझाउनुपर्ने सबै विवरण बुझाउन निर्देशन पनि दिएको छ। सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र विवरण नबुझाए कारबाही हुने महानगरले चेतावनी पनि दिएको छ। 

यस्ता छन् बालेले संस्थालाई दिएका सुझाव  

- तोकिएको समयमा  सबै सेयर सदस्यहरूलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोबार बारे जानकारी गराउनुहोला। विश्वसनीयता र अपनत्व ग्रहण गराउनकालागि नियमित रुपले सेयर सदस्यहरूसँग सम्पर्क र संवाद बढाउनुहोला।

- तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोवार र लगानी नगर्नुहोला।

- वित्तिय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्नुहोला। 

- परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरूमा लगानी नगर्नुहोला।

- सेयर सदस्यहरूलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्नुहोला। 

- सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रुपले संस्थासँग कारोवार भएको व्यक्तिहरूलाई मात्र जिम्मेवारी दिनुहोला। 

- कानुनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छा बेगर कुनै पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्नुहोला ।

- कार्यपद्धतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेश गर्नुहोला। 

- ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्क सहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्नुहोला।

- जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्नुहोला। जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्नुहोला। 

- राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरूबाट सहकारी अभियानको सफलताका लागि जारी गरिएका अपिल अध्ययन गरी लागू गर्नुहोला। 

- आफ्ना सेयर सदस्य र बचतकर्ताहरूलाई नियमित सहकारी शिक्षा प्रदान गर्नुहोला। 

सदस्य/बचतकर्ताहरूलाई अनुरोध 

सहकारी संस्थाहरू बैंक होइनन्। यी संस्थाहरू सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण हुन्छन्। सहकारी सुशासनकालागि सदस्यहरूको निरन्तर निगरानी आवश्यक छ।  

- सहकारी संस्थाको साधारण सभामा अनिवार्य उपस्थित हुनुहोला। संस्थाको कारोवारको बारेमा नियमित रुपले जानकारी लिनुहोला।

- नियमित साधारण सभा नगर्ने सहकारीहरूको बारेमा विभागमा जानकारी गराउनुहोला।

- सञ्चालक समितिका पदाधिकारीहरूको आनीबानी र इमान्दारिताका बारेमा नियमित जानकारी लिनुहोला।

- बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्नुहोला।

- सहकारी संस्थाका बारेमा अतिरञ्जित हल्लाका पछाडि मात्र नलागी यथार्थ अवस्था बारे जानकारी लिनुहोला। 

- कार्यक्षेत्रभन्दा बाहिर गएर कार्य गर्ने संस्थासँग कारोवार नगर्नुहोला। 

- सञ्चालक समितिका पदाधिकारीहरूको पहिचान गरेर मात्र संस्थासँग कारोवार गर्नुहोला, नियमित संवाद र सम्पर्क राख्नुहोला। 

- आवधिक बचत जम्मा गर्दा जिम्मेवार पदाधिकारीको हस्ताक्षरयुक्त कागजातसहित निक्षेप निस्सा लिनुहोला।

- ऋण लिँदा सेवा शुल्क र ब्याज रकम यकिन गरी सम्झौता गरेर मात्र ऋण लिने र समयमा नै तिर्ने बानी बसाल्नुहोला।

images

प्रकाशित : बुधबार, असार १३ २०८००४:२६

प्रतिक्रिया दिनुहोस