मंगलबार, जेठ २७ गते २०८२    
मंगलबार, जेठ २७ २०८२
images
images

काठमाडौं महानगरभित्रका सहकारीलाई ३० दिनभित्र विवरण बुझाउन निर्देशन 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १३ २०८०
images
images
काठमाडौं महानगरभित्रका सहकारीलाई ३० दिनभित्र विवरण बुझाउन निर्देशन 

जरिवानासँगै सहकारीको विघटन वा दर्ता खारेजीसम्म हुनसक्ने महानगरले चेतावनी दिएको छ। 

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाभित्रका सबै सहकारी संस्थाहरूलाई आवश्यक विवरण उपलब्ध गराउन महानगरले निर्देशन दिएको छ। 

images
images
images

महानगरकापालिकाले सार्वजनिक सूचना जारी गर्दै ऐन अनुसारको विवरण बुझाउनका लागि ३० दिने अल्टिमेटम दिएको हो। 

images
images

काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ को उपदफा २ ले संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ३ महिनाभित्र प्रचलित कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट संस्थाको प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण गराउनुपर्ने र दफा ५२ ले तोकिए बमोजिमका विवरणहरू बुझाउनुपर्ने व्यवस्था गरेको छ। 

images
images
images

कानून अनुसारको विवरण सबै संस्थाले नबुझाएकाले महानगरले सार्वजनिक सूचना जारी गरेरै निर्देशन दिएको हो। यदि तोकिएको समयमा विवरण नबुझाएमा कानून अनुसार कारबाही हुने महानगरले चेतावनी दिएको छ। 

जरिवानासँगै सहकारीको विघटन वा दर्ता खारेजीसम्म हुनसक्ने महानगरले चेतावनी दिएको छ। 

 


प्रकाशित : बुधबार, असार १३ २०८००३:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend